काठमाडौं । सीतापाइलाको शुभेक्षा इन्टरनेशनल हस्पिटलले सिद्धार्थ बैंक लिमिटेडका ग्राहकलाई ४० प्रतिशतसम्मको छुट दिने भएको छ । उक्त सेवा दिने सम्बन्धि बिहीबार दुई कम्पनीबीच एक आपसमा सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख पेमेन्ट सलुसन्स् सुरेसराज मर्हजन र शुभेक्षा इन्टरनेशनल हस्पिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृृत होमप्रसाद अधिकारीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बैंकका कर्मचारी तथा कर्मचारीका परिवार, कार्डवाहक तथा कार्डवाहकका परिवार र बैंकका सम्पूर्ण ग्राहकवर्गहरुले …
पुरा पढ्नुहॊस »सन नेपाल लाइफ इन्स्योरेन्स र एनआईसी एसियाबीच बैंकास्योरेन्स सम्झौता
काठमाडाैं । एनआईसी एसिया बैंक लिमिटेडले सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुले देशभरका २७० वटै शाखाहरुबाट सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् । सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट का.मु.प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले हस्ताक्षर गरे
पुरा पढ्नुहॊस »बालाजु चोकमा दुर्घटना, ठूलो क्षतिको अनुमान
काठमाडौँ । काठमाडौँको बालाजु चोकमा माटो बोकेको ट्रिपर दुर्घटना भएको छ । शुक्रबार बिहान माटो बोकेको ट्रिपर ट्याक्सीसँग ठोक्किँदा दुर्घटना भएको हो । ट्रिपर र ट्याक्सी ठोक्किँएपछि सडककिनारमा रहेको चिया बेच्ने ठेला पुरिएको छ । दुर्घटनास्थलबाट गम्भीर घाइते रहेका दुईजनालाई उपचारका लागि अस्पताल पठाइएको छ । माटोले पुरिएर थप मानवीय क्षती भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । घटनास्थलमा अहिले प्रहरी र स्थानीय बासिन्दाको टोली उद्धारका लागि खटिएको छ …
पुरा पढ्नुहॊस »आज डलरको भाउ कति ? हेर्नुस् विभिन्न देशको मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको (पुस १३) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११२ रुपैयाँ २७ पैसा तोकेको छ । यसैगरी बिक्रि मूल्य भने ११२ रुपैयाँ ८७ पैसा रहेको छ । एक युरोको खरिददर १२८ रुपैयाँ ०४ पैसा छ भने बिक्रिदर १२८ रुपैयाँ ७३ पैसा रहेको छ । यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४१रुपैयाँ ७९ पैसा र बिक्रिदर १४२ रुपैयाँ ५५ पैसा रहेको छ । यसैगरी जापानीज १० …
पुरा पढ्नुहॊस »सिन्धुपाल्चोकमा जीप दुर्घटना : एक जनाको मृत्यु
सिन्धुपाल्चोक । बाह्रबिसेबाट कर्थली जाँदै गरेको जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा परि एकजना घाइते भएका छन् । बा १४ छ ५६८१ नम्बरको जीप दुर्घटना हुँदा मान्दे तामाङको घटनास्थलमै ज्यान गएको हो । त्यस्तै कर्थलीकै राजकुमार विक घाइते भएको प्रहरी निरीक्षक यादव थापाले जानकारी दिए । जीप चालक भने फरार रहेका छन् । बाह्रबिसेबाट कर्थली जाँदै गर्दा दरुम्थली भन्ने ठाँउमा जीप दुर्घटनामा परेको हो ।
पुरा पढ्नुहॊस »देशभर चिसो बढ्यो, हुम्लाको तापक्रम माइनस १३ डिग्री
काठमाडौं । शुक्रबार बिहानको तापक्रम यो वर्षकै कम मापन गरिएको छ । शुक्रबार बिहान काठमाडौंको तापक्रम १ दशमलव ४ डिग्रीमा झरेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । यसअघि बुधबार १ दशमलव ५ डिग्री मापन गरिएको काठमाडौंको न्यूनतम तापक्रम बिहीबार भने बढेर तापक्रम ५ दशमलव ५ डिग्री पुगेको थियो । यस्तै, डडेलधुराको तापक्रम पनि माइनसमा पुगेको छ । हुम्लामा हिमपात भएपछि शुक्रबार बिहान सिमिकोटको तापक्रम माइनस १३ डिग्री सेल्सियसमा …
पुरा पढ्नुहॊस »प्रताप-मेलिनाको स्वरमा ‘कान्छीको डिम्पल’(भिडियाे)
काठमाडौं । प्रताप दास र मेलिना राईको स्वर रहेको ‘कान्छीको डिम्पल…’ लोक आधुनिक गीत रिलिज गरिएको छ । गीतमा संगीत बसन्त सापकोटाको रहेको छ । गीतका शब्द जुनी रानाले लेखेकी हुन् । जनता म्युजिकको युट्युबबाट च्यानलबाट ‘कान्छीको डिम्पल…’को म्युजिक भिडियोलाई बिहीबार रिलिज गरिएको हो । म्युजिक भिडियोको निर्देशन निश्चल केसीले गरेका छन् । सम्पादन अमृत चापागाइँले गरेका हुन् । ज्ञानेन्द्र शर्माको छायाँकन, गम्भीर विष्टको कोरियोग्राफर रहेको म्युजिक भिडियोमा शिशिर श्रेष्ठ …
पुरा पढ्नुहॊस »धरहरा पुनर्निर्माण औपचारिक रुपमा सुरु, २२ तलाको बन्ने
काठमाडौं । भूकम्पले भत्काएको धरहरा पुनर्निर्माणको औपचारिक सुरुवात भएको छ । भूकम्प गएको झण्डै चार वर्ष पुग्न लाग्दा धरहरा पुनर्निर्माणको औपचारिक थालनी भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ साल वैशाख १२ गतेको भूकम्पका कारण ध्वस्त भएको धरहराको शिलन्यास बिहीबार गरेका छन् । धरहरा निर्माण स्थलमा विशेष पूजासहित प्रधानमन्त्री ओलीले शिलन्यास गरेका हुन् । भूकम्प गएको ठ्याक्कै तीन वर्ष ८ महिना भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको समन्वयमा धरहराको पुनर्निर्माण …
पुरा पढ्नुहॊस »प्रदेश तीनको ७ स्थानीय तह बैंकविहीन
मकवानपुर । प्रदेश ३ का १ सय १९ मध्ये १ सय १२ स्थानीय तहमा बैंक शाखा स्थापना भएका छन् भने ७ स्थानीय तहमा बैंक शाखा स्थापना हुन सकेको छैन । पहिलो श्रेणीमा प्रदेश ५ जहाँ १ सय ९ मध्ये १ सय ७, प्रदेश ४ मा ८५ मध्ये ८२, प्रदेश २ मा १ सय ३६ मध्ये १ सय ३१ स्थानीय तहमा बैंक पुगिसकेका छन् । संघीय संरचना अनुसार बनाइएका ७ सय …
पुरा पढ्नुहॊस »इनर्जी बैंकिङमा नेपाल र भारतबीच सहमति
काठमाडौं ।नेपाल र भारतबीच इनर्जी बैकिङमा सहमति भएको छ। भारतको राजधानी नयाँ दिल्लीमा बुधबार सम्पन्न विद्युत आदानप्रदान समिति (पावर एक्सेन्स कमिटी–पिइसी) को १३औं बैठकले दुई मुलुकबीच इनर्जी बैकिङ गर्ने निर्णय गरेको हो। नेपालले लामो समयदेखि वर्षायाममा उत्पादित बिजुली भारत निर्यात गर्ने र हिउँदमा उताबाट लिने गरी भारतसँग इनर्जी बैकिङ गर्ने प्रस्ताव अगाडि बढाएको थियो।नेपालतर्फको बैठकको नेतृत्व गरेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दुई मुलुकका विद्युत ट्रेडरमार्फत इनर्जी बैकिङ गर्ने सहमति …
पुरा पढ्नुहॊस »