News desk

बाह्र वर्षीया गर्भवती गंगामाया अस्पतालमा

हेटौँडा  । गंगामाया चेपाङ १२ वर्षको उमेरमा आमा बन्न लागेको खबर सार्वजनिक भएपछि उहाँलाई अस्पताल लगिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । प्रधानमन्त्री कार्यालयले गंगामायको उद्धार तथा उपचार गर्न जिल्ला प्रशासन मकवानपुरलाई निर्देशन दिएपछि राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र उपाध्यक्ष निर्मला हिम्डुङगको समन्वयमा सोमबार साँझ हेटौँडा अस्पताल ल्याइएको हो ।

पुरा पढ्नुहॊस »

खुल्दै पूर्वराजाका अतिगोप्य कक्ष

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र र स्वर्गिय राजा वीरेन्द्रले कार्यालय समयपछि विशेष परिस्थितमा राजनितिक र कुटनीतिक भेटघाटका लागि निजी कार्यालयको रुपमा प्रयोग गर्दै आएको नारायणहिटी संग्रहालय अन्तर्गत गणेश हिमाल तर्फका ९ वटा कक्ष खुल्ने भएको छ । लामो समयको प्रयासपछि पुरातत्व विभागले ती कक्ष खुला गर्न लागेको हो । देशमा विषम परिस्थिति हुदा पूर्वराजा ज्ञानेन्द्रले समेत गणेश हिमाल तर्फका विभिन्न कक्षमा अति गोप्य भेटघाट गर्ने गरेका थिए । पूर्वराजा वीरेन्द्रको वंशनासपछि केही …

पुरा पढ्नुहॊस »

छपाइ बिग्रेका नोट बजारमा, धेरैजसो पाँच सय र हजारका

काठमाडौं । छपाइ बिग्रेका नेपाली नोट आजकल बजारमा बढी भेटिन थालेका छन्। त्यस्ता नोटमध्ये केहीमा गभर्नरको हस्ताक्षर छैन, केहीमा एकातर्फ सादा कागज मात्र छ भने केहीमा नबुझिने खालको मधुरो प्रिन्ट छ। बजारमा भेटिएका त्यस्ता नोटमध्ये धेरैजसो पाँच सय र एक हजार दरका छन्। नोट छपाइका लागि अधिकार पाएको केन्द्रीय बैंकले पर्याप्त सजकता अपनाउन नसक्दा यस्ता नोट बजारमा पुगेका हुन्। त्यस्ता सबै नोटको उजुरी बैंकरराष्ट्र बैंकसम्म आइपुग्दैन। यसका दुई कारण छन्ः  पहिलो, …

पुरा पढ्नुहॊस »

बोक्सी आरोपमा ७२ वर्षीया वृद्धालाई मलमूत्र खुवाई निर्घात कुटपिट, तीन झाँक्रीसहित सैनिक जवान पक्राउ

काठमाडौं । धादिङको सिद्धलेक-४ गौंथलेमा ७३ वर्षीया सेतीमाया लायोमगरलाई बोक्सी आरोपमा मलमूत्र खुवाई झाँक्री र सैनिक जवानले निर्घात कुटपिट गरेका छन्। गम्भीर घाइते उनलाई थप उपचारका लागि काठमाडौं लगिएको छ। कुटपिट गर्ने धामीहरू हर्कबहादुर पुलामी, खोलबहादुर पुलामी र यमबहादुर मगर र नेपाली सेनाको कुलेखानीस्थित राजगणमा कार्यरत धनबहादुर गुर्मछान मगरलाई धादिङ जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ। धादिङबाट लेखिएको यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ। राजनीतिक दलका कार्यकर्ताले मिल्न दबाब दिएकाले कात्तिक २८ गते …

पुरा पढ्नुहॊस »

१०१ वर्षीया भगवतीदेवीले पाइन् पहिलो राष्ट्रिय परिचयपत्र

काठमाडाैं । पहिलो राष्ट्रिय परिचयपत्र फिदिम नगरपालिका-४ शान्तिपुरकी १०१ वर्षीया भगवतीदेवी भण्डारीलाई दिइएको छ । पाँचथरको शहीद मञ्चमा सोमबार आयोजित बिशेष कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा बादलले भण्डारीले राष्ट्रिय परिचयपत्र प्रदान गरे । सो अवसरमा गृहमन्त्री रामबहादुर थापाले मुलुकमा सुशासन र स्थिरता कायम गर्न तथा समृद्ध राष्ट्र निर्माण गर्न राष्ट्रिय परिचयपत्र महत्वपूर्ण रहेको बताए । आधुनिक, वैज्ञानिक र भरपर्दो सूचना प्रणालीबाट मात्रै मुलुकका सम्पूर्ण विषय तथ्यमा भेटिने गृहमन्त्री थापाको भनाइ थियो । ‘देशका …

पुरा पढ्नुहॊस »

अर्थमन्त्रीको आश्वासनपछि खुले बन्द कपडा उद्योग

काठमाडाैं । शनिबारबाट बन्द भएका नेपाली कपडा उद्योग अर्थमन्त्री डा. युवराज खतिवडाको आश्वासनपछि आजदेखि खुलेका छन् । अर्थमन्त्रीले उद्योगको समस्या समाधान गर्ने आश्वासन दिलाएपछि सोमबारबाट उद्योगहरु संचालनमा आएका हुन् । कपडा उद्योग सङ्घका अध्यक्ष शैलेन्द्र प्रधानले अर्थमन्त्रीले १० दिन भित्रमा कपडा उद्योगको समस्या समाधान गर्ने बताएपछि कपडा उद्योग खोलेको बताए । ‘आइतबार अर्थमन्त्रीले बोलाएर १० दिन भित्रमा कपडा उद्योगको सबै समस्या समाधान गर्छौँ, उद्योग खोल्नुस् भनेपछि सोही अनुरूप हामीले खोलेका …

पुरा पढ्नुहॊस »

मेगा क्यापिटल मार्केट्सलाई धितोपत्र बोर्डको सैद्धान्तिक सहमति

काठमाडाैं । मेगा क्यापिटल मार्केट्सलाई मर्चेन्ट बैकिङ्ग व्यावसाय गर्न नेपाल धितोपत्र बोर्डले सैद्धान्तिक सहमति दिएको छ । मेगा बैंकको पूर्ण स्वामित्वमा सहायक कम्पनीका रुपमा मेगा क्यापिटल मार्केट्स संचालनमा आउन लागेको हो । यसको अधिकृत पुँजी ३० करोड छ भने चुक्ता पुँजी २० करोड रुपैँया रहेको क्यापिटलले जनाएको छ । धितोपत्र बोर्डबाट सैद्धान्तिक सहमति प्राप्त गरेको ६ महिनाभित्र कम्पनीका सम्पूर्ण पूर्वाधार निर्माण गरी संचालनमा ल्याउने तयारी भइरहेको क्यापिटलका अध्यक्ष ईश्वरबहादुर गुरुङ्गले बताए …

पुरा पढ्नुहॊस »

नेविसंघको म्याद दुई महीना थपियो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भ्रातृ संस्था नेपाल विद्यार्थी संघको विधान स्वीकृत गरेसँगै संघको केन्द्रीय कार्यसमितिको समयावधि दुई महीना थप भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले संघको विधानलाई परिमार्जनसहित स्वीकृत गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । नेविसंघको विधानअनुसार वर्तमान केन्द्रीय समितिको कार्यकाल आजसम्म थियो । विसं २०७३ भदौ २ गते दुईवर्षे कार्यकालका लागि निर्वाचित वर्तमान केन्द्रीय समितिले त्यसयता थप गरिएको …

पुरा पढ्नुहॊस »

राष्ट्रिय परिचयपत्र आजदेखि बाँडिँदै, पाँचथरबाट शुभारम्भ

काठमाडौँ । सरकारले बायोमेट्रिक विवरणमा आधारित राष्ट्रिय परिचयपत्र आजदेखि वितरण गर्दैछ। पाँचथरको फिदिमबाट गृहमन्त्री रामबहादुर थापाले परिचयपत्र वितरण कार्यक्रम सुरु गर्दैछन् । फिदिमबाट एक जना र एक उच्च सरकारी अधिकारलाई परिचयपत्र दिएर गृहमन्त्रीले वितरण शुभारम्भ गर्नेछन् । तीन वर्षभित्र सबै नागरिकलाई परिचयपत्र वितरण गर्ने सरकारको लक्ष्य रहेको छ । आठ वर्षअघि सुरु गरिएको परियोजना लामो समयपछि कार्यान्वयनमा आएको हो । परिचयपत्र वितरणका लागि हालसम्म करिब ५९ हजारको नाम संकलन भइसकेको छ । …

पुरा पढ्नुहॊस »

प्राइम बैंकको शाखा सङ्खुवासभाको सभापोखरीमा

काठमाडौं । प्राइम कमर्सियल बैंकले सङ्खुवासभाको सभापोखरी गाँउपालिका खुवासभामा नयाँ शाखा बिस्तार गरेको छ । बैंकका संचालक गजेन्द्र बिष्टले शाखाको उद्घाटन गरेका हुन । बैंकका अनुसार बैंकले आगामी दिनमा पनि शाखा संजाल बिस्तार गर्दे लैजाने छ । निक्षेपकर्ता तथा ग्राहकलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउँदै लैजाने बैंकको दावी छ । नयाँ शाखा संचालन पछि शाखा कार्यालय संख्या ६५ पुगेको छ ।

पुरा पढ्नुहॊस »