अब सन्दीपले पाकिस्तानी लिग पनि खेल्ने, को को छन् टोलीमा?

काठमाडौं । सन्दीप लामिछानेलार्इ पाकिस्तानी सुपर लिग(पीएसएल)मा लाहोर कलन्दर्सले खरिद गरेको छ । पीएसएलको जारी ड्राफ्टबाट लाहोरले उनलार्इ अनुबन्ध गरेको हो । विदेशी खेलाडीको गोल्ड क्याटागोरीमा रहेका सन्दीपको पारिश्रमिक कम्तीमा ५० हजार देखि ७० हजार अमेरिकी डलर हुनेछ ।

सन्दीपले यसअघि भारतको आइपिएलदेखि वेस्ट इण्डिजको क्यारेबियन प्रिमियर लिग, क्यानडा ग्लोबल टी-२० लिग खेलिसकेका छन् । हाल टी-टेन लिग खेल्न हाल यूएर्इमा रहेका सन्दीप यसपछि अष्ट्रेलियाको बिग बास लिग खेल्नेछन् । दक्षिण अफ्रिकाका एबी डिभिलियर्सको कप्तानीमा रहेको लाहोरले हालसम्म न्युजिल्यान्डका कोरी एन्डरसन, वेस्ट इन्डिजका कार्लोस ब्रथवाइट, पाकिस्तानका मोहम्मद हफिज, पाकिस्तानका उमर अकमल, पाकिस्तानकै यसिर साह लगायतलार्इ अनुबन्ध गरेको छ ।

पीएसएल फागुन २ गतेबाट चैत्र ३ गतेसम्म हुनेछ । यसको उद्घाटन खेल यूएर्इको दुबर्इमा हुनेछ भने फाइनल खेल पाकिस्तानको कराँचीमा हुनेछ ।  लाहोर कलन्दर्स पाकिस्तानी व्यावसायिक फ्रेन्चाइज क्लब हो । कलन्दर्सको घरेलु मैदानको नाम गद्धाफी स्टेडियम हो । क्लबमा धनाढ्य कतार लुब्रिक्रान्ट्स कम्पनी लिमिटेडको स्वामित्व रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल ओमानसँग १ विकेटले पराजित

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको क्यानडा भ्रमणमा नेपालले दोस्रो हार ब्यहोरेको छ । …

प्रतिकृया दिनुहॊस