मुसलमान धर्मगुरुहरुको भेलामा विस्फोट, ५० जनाको मृत्यु

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा मुसलमान धर्मगुरुहरु भेला भएको एउटा हलमा आत्मघाती विस्फोट गराइँदा कम्तिमा ५० जनाको मृत्यु भएको छ ।

पैगम्बर मोहम्मदको जन्मजयन्ती मनाउन मुसलमान धर्मगुरुहरु भेला भएका बेला विस्फोट भएको हो । विस्फोटमा कम्तिमा ८३ जना घाइते भएका छन् । एक जना आत्मघाती हमलाकारीले विस्फोट गराएको अधिकारीहरुले जनाएका छन् ।

विमानस्थल नजिकै रहेको उक्त हलमा विस्फोट भएका बेला कम्तिमा एक हजार मानिस रहेको बताइएको छ । विस्फोटपछि मानिसहरुको भागदौड मच्चिएको थियो ।

विस्फोटको जिम्मेवारी कसैले पनि लिएको छैन । स्लामिक स्टेट र तालिवान लडाकूले यसअघि यस्तै किसिमको आक्रमण गर्दै आएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आइएमईको करोडपति योजना जितेकी प्रमीलालाई १ करोड रुपैयाँको चेक हस्तान्तरण

काठमाडौं । विदेशमा कमाएको रकम आइएमई गर्दा १ करोड रुपैयाँ जितेकी प्रमीला रोकायालाई आइएमईले १ …

प्रतिकृया दिनुहॊस