काठमाडौं । स्नायु प्रणाली अर्थात् न्युरोन्स कोषिकाहरुले बनेको जटिल समूह हो। स्नायु प्रणालीलाई शरीरको इलेक्ट्रोनिक तार पनि भनिन्छ। जसले प्रत्येक अंगको संकेत एक अर्कामा पुर्याउँछ। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।
संरचनात्मक रुपमा हाम्रो शरीरमा दुई किसिमका स्नायु प्रणाली हुन्छन्। केन्द्रीय स्नायु प्रणाली र परिधीय स्नायु प्रणाली। केन्द्रीय स्नायु प्रणाली मस्तिस्क र मेरुदण्डसँग सम्बन्धित हुन्छ। यी दुई अंगबाहेक सबैमा परिधीय हुन्छ।
मानव मस्तिस्कमा सयभन्दा वढी न्युरोन्स हुन्छन्। एक मिल्की वेमा भएका तारहरुभन्दा पनि बढी स्नायु मानव मस्तिस्कमा हुन्छन्। मानव मस्तिस्कमा भएका सबै स्नायु जोड्ने हो भने नौ सय ६५ किलो मिटर लामो हुन्छ।
मानव मस्तिस्क दायाँतिर भएका न्युरोन्सले शरीरको बायाँ भाग र बायाँ तिरका न्युरोन्सले दायाँ भागलाई नियन्त्रण गर्छ।
तपाईंको प्रतिकृया




