नयाँ वर्ष सन् २०१९ सुरु, प्रधानमन्त्रीले दिए शुभकामना

काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवतको नयाँ वर्ष सन् २०१९ शुरु भएको छ । येशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो । यो पात्रो अनुसारको चाड पर्व मान्नेले आज एकापसमा शुभकामना आदान प्रदान गरी मनाउँछन् ।

ग्रेगोरियन पात्रोका आधारमा चलाइएको इस्वी सन् सौरमासका आधारित छ । जसअनुसार ३६५ दिन छ घण्टा ४९ मिनेट छ सेकेण्डको एक वर्ष हुन्छ । विश्वका अधिकांश मुलुकमा प्रचलनमा रहेको र प्रत्येक वर्ष जनवरी को पहिलो तारिखका दिनबाट सुरु हुने इस्वी संवत जनवरीको पहिलो तारिखबाट सुरु हुन्छ ।

सन् २०१८ लाई विदाई गर्दै नयाँ वर्ष २०१९ लाई विश्वभर भब्य रुपमा स्वागत गरिएको छ । नयाँ वर्षमा इसाई धर्मावलम्बीहरुले यशुको सम्झना गर्दै विशेष किसिमको अङगुरको रस र रोटी खाने प्रचलन छ ।

विश्वब्यापीकरणको प्रभाव र हर्षोल्लासका दृष्टिले ईस्वी संवतको यो नयाँ वर्ष नेपालमा पनि शुभकामना आदानप्रदान गरी मनाइँदै छ । नयाँ वर्ष मनाउन राजधानी काठमाडौं लगायत मुलुकका विभिन्न स्थानमा सांगीतिक कार्यक्रमको आयोजनाहरु गरिएका छन् ।

नयाँ वर्षको उपलक्ष्यमा विश्वभरका नेताहरुले विश्वमा शान्ति र समृद्धिको कामना गरेका छन् । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१९ मा समृद्ध नेपाल र सुखी नेपालीको महाअभियान अझ दृढतापूर्वक उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

अंग्रेजी नयाँ वर्ष २०१९ का अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले अर्काे नयाँ वर्षको संघारमा पुग्दासम्म जनताको जीवन सुखी र राष्ट्रको अवस्था समृद्ध बनाउने अभियान सार्थक विन्दुमा पुग्ने बताएका छन् ।

प्रधानमन्त्रीले आफ्नो शुभकामना सन्देशमा निर्वाचनमार्फत प्रकट जनचाहनालाई शिरमा राख्दै जनताका अपेक्षालाई कुनै पनि हालतमा विफल हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ । उहाँले सन् २०१८ संविधान कार्यान्वय र संक्रमणकाल अन्त्यको वर्ष भएको बताएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

निर्मला पन्त हत्या प्रकरणमा प्रत्यक्षदर्शी दाबी गर्ने अर्याल पक्राउ

काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको हत्या प्रकरणमा आफू प्रत्यक्षदर्शी भएको दाबी गर्ने गोरखाका नवराज अर्याललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार काठमाडौंको सोह्रखुट्टे क्षेत्रबाट नियन्त्रणमा लिएको हो । सीआईबीका एसपी होविन्द्र बोगटीका अनुसार अर्यालले मिडियामा दिएको विवरण सत्यतामा आधारित नभएको र समाजमा गलत सूचना फैलाउने प्रयास गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

प्रतिकृया दिनुहॊस