सिंहदरबारका कर्मचारी कालोपट्टी बाँधेर काममा

काठमाडाैँ । दरबन्दी स्वीकृतिमा विभेद गरेको भन्दै लेखा समूहका कर्मचारीले आन्दोलन थालेका छन्। प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्रै आज उक्त समूहका कर्मचारीले हातम कालोपट्टी बाँधेर काम गरेका छन्।

‘दरबन्दी स्वीकृत हुँदा लेखा समूहमा प्रदेश र स्थानीय तहमा धेरै संख्या दिइयो, केन्द्रमा चाहिनेजति पनि राखिएन। त्यसैको विरोधमा आज कालोपट्टी बाँधेर काम गरेका हौं,’ कर्मचारी ईश्वरीप्रसाद ढकालले भने। उनीहरूको माग लेखा समूहअन्तर्गत प्रदेश अनि स्थानीय तहमा अनावश्यक भएको संख्या केन्द्रमा दरबन्दी हुनुपर्नेछ।

यसअघि सरकारले ल्याएको कर्मचारी समायोजन अध्यादेशमा असहमति जनाउँदै सिंहदरबारभित्रै कर्मचारीले घेराउलगायतका आन्दोलन गरेका थिए। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले आन्दोलनरत कर्मचारीसँग वार्ता भइरहेको बताए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

निर्मला पन्त हत्या प्रकरणमा प्रत्यक्षदर्शी दाबी गर्ने अर्याल पक्राउ

काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको हत्या प्रकरणमा आफू प्रत्यक्षदर्शी भएको दाबी गर्ने गोरखाका नवराज अर्याललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार काठमाडौंको सोह्रखुट्टे क्षेत्रबाट नियन्त्रणमा लिएको हो । सीआईबीका एसपी होविन्द्र बोगटीका अनुसार अर्यालले मिडियामा दिएको विवरण सत्यतामा आधारित नभएको र समाजमा गलत सूचना फैलाउने प्रयास गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

प्रतिकृया दिनुहॊस