१५ रुपैयाँ सस्तोमा किनेको पेट्रोलको मूल्य किन २ रुपैयाँ मात्र घटाइयो ?

काठमाडाैं । नेपाल आयल निगमले भारतबाट पछिल्लो एक महिनायता प्रतिलिटर १५ रुपैयाँ ४२ पैसा सस्तोमा पेट्रोल खरिद गरेको छ। तर, नेपाली बजारमा भने प्रतिलिटर २ रुपैयाँ मात्र मूल्य घटाएर चर्को मुनाफा राखेको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा अजित अधिकारीले लेखेका छन्।

आयल निगमले तेल खरिद गर्ने भारतीय आयल कर्पोरेसनबाट १५ कात्तिकमा ६७ रुपैयाँ ९३ पैसामा पेट्रोल खरिद गरेको थियो । एक महिनापछि १५ मंसिरमा ५२ रुपैयाँ ५१ पैसा प्रतिलिटरमा खरिद गरेको छ। त्यस्तै पछिल्लो एक महिनामा डिजेल ९ रुपैयाँ ४८ पैसा र मट्टितेल ८ रुपैयाँ ७७ पैसा सस्तोमा खरिद गरेको छ। मूल्य घटेपछि मंगलबार बिहानबाटै काठमाडौं उपत्यकामा पेट्रोल १ सय १२ रुपैयाँ र डिजेल ९९ रुपैयाँ प्रतिलिटरमा बिक्री भइरहेको छ।

अबको १५ दिनसम्म नयाँ मूल्य सूची नआउन्जेल निगमले ५६ करोड ५८ लाख रुपैयाँ नाफा गर्नेछ। यो हिसाव हेर्दा दैनिक करिब ५० करोडको तेल बिक्री गर्ने निगमले ४ करोड रुपैयाँ नाफा आर्जन गर्ने छ। यति चर्को दरमा नाफा राखेर मूल्य समायोजन गर्नुको कारणबारे सरकारले चाडपर्वको समयको घाटा समायोजन गर्न उपभोक्ताले सोचेअनुसार मूल्य घटाउन नसकेको स्पष्टीकरण दिएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस