News desk

नेविसंघद्वारा प्रधानमन्त्री ओलीको पुत्ला दहन

काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्दै उनको पुत्ला दहन गरेको छ । चिकित्सा शिक्षा विधेयक संसदबाट पास गरेको विरोधमा नेविसंघका कार्यकर्ताहरुले आइतबार बिहान राजधानीको पशुपति क्याम्पस अगाडि प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन् । चिकित्सा विधेयक संसदबाट जबरजस्ती पास गरेको भन्दै प्रतिपक्ष दल नेपाली कांग्रेस सरकारसँग क्रूद्ध बनेको छ । माउ पार्टीले आन्दोलनको चेतावनी दिइरहेका बेला नेविसंघले आइतबार सरकारलक्षित विरोध कार्यक्रम …

पुरा पढ्नुहॊस »

बिहान केहीबेर अवरुद्ध त्रिभुवन विमानस्थल खुल्यो

काठमाडौं । आइतबार बिहान केहीबेर अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । मौसममा आएको खराबीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सबै उडान आइतबार बिहान केहीबेर अवरुद्ध बन्न पुगेको थियो । टाढाबाट आएका विमानहरु नजिकको एयरपोर्टमा डाइभर्ट गरिएको थियो भने नजिकका एयरपोर्टबाट काठमाडौं हुने उडान रोकिएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले बिहान केहीबेर अवरुद्ध बन्न पुगेको उडान–अवतरण सञ्चालनमा आएको जनाएको छ ।

पुरा पढ्नुहॊस »

झापाका विभिन्न स्थानमा आगलागी : साढे एघार लाख बराबरकाे क्षति

बनियानी ।  झापाको कनकाई र गौरादह नगरपालिकामा आगलागी हुँदा करीब रु ११ लाख ५० हजार बराबरको अन्नपात,भाडावर्तन र चौपायाको क्षति भएको छ । झापाको गौरादह–९ स्थित बैगुनधाराका टेकबहादुर खनालको ग्वाली घरमा आज बिहान ४ बजे बिजुली चुहावट भई आगलागी हुँदा रू नौ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । आगलागीबाट खनालको काठले बनेको टिनको छानो भएको एकतले ग्वाली घर, ७५ मन धान, ५० मन …

पुरा पढ्नुहॊस »

बैंक र बीमा व्यवसायलाई छुट्याउनै मिल्दैन: बीमा समिति अध्यक्ष चापागाईँ

काठमाडौं । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले बैंक र बीमा व्यवसायलाई एक अर्कासँग छुट्याउनै नमिल्ने बताएका छन् । बुटवलमा आयोजीत बैंकिङ, बीमा र पुँजी बजार प्रदर्शनीमा बोल्दै समितिका अध्यक्ष चापागाईँले बैंक र बीमा क्षेत्र एकापसमा अभिन्न अंग भएको र यसको विकास पनि सँगसँगै अघि बढाउनुपर्ने स्पष्ट पारे । उनले मानव जीवन, सम्पत्ती, व्यवसाय, कृषि उत्पादन लगायत हरेक क्षेत्रमा हुने आर्थिक क्षती न्युनिकरण गर्न बीमाले सहयोग पु¥याउने पनि बताए । बैंकबाट …

पुरा पढ्नुहॊस »

नेपाल एसबिआई बैंक नाफा बढाउन असफल

काठमाडौं । नेपाल एसिबआई बैंकको नाफा घटेको छ । २०७४ पुस मसान्तमा ९१ करोड नाफा कमाएको बैंकले २०७५ पुसमा ९० करोड मात्रै नाफा कमाउन सफल भएको हो । एसबिआईले असोज मसान्तदेखि पुस मसान्त अवधीमा निक्षेप भने ९४ अर्बबाट बढाएर ९७ अर्ब पुर्याएको छ । बैंकको कर्जा लगानी पनि असोज मसान्त ८४ अर्ब रहेकोमा पुसमा ९० अर्ब पुर्याएको छ । बैंकको सिडी रेसियो भने ७७.७७ प्रतिशत रहेको छ । बैंकले ५ …

पुरा पढ्नुहॊस »

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सबै उडान ठप्प

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सबै उडान तथा अवतरण ठप्प भएको छ । सिमसिम वर्षा र भिजिबिलिटी कम भएका कारण एयरपोर्ट बन्द भएको हो । विमानस्थल स्रोतका अनुसार आइतबार विहानैदेखि काठमाडौँको मौसममा आएको खराबीले अन्तर्राष्ट्रिय र राष्ट्रिय उडान अवतरण बन्द भएको छ । बाहिरबाट आएका विमानहरु नजिकको एअरपोर्टमा डाइभर्ट भएका छन् भने नजिकका उडानहरु रोकिएका छन् । मौसमविद्ले काठमाडौंको आकाश दिउँसो मात्र खुल्ने बताएका छन् । आकाश खुलेपछि मात्र उडान अवतरण सहज हुन …

पुरा पढ्नुहॊस »

म्यानपावरको धरौटी नबढाउन चलखेल सुरु

काठमाडौं । म्यानपावर कम्पनीको धरौटी बढाउन नदिन वैदेशिक रोजगार व्यवसायीले चलखेल सुरु गरेका छन् । सरकारले म्यानपावर कम्पनीको धरौटी बढाउने तयारी गरेपछि व्यवसायी शक्ति केन्द्रहरु धाउँदै रोक्ने अन्तिम कसरतमा लागेका छन् । सरकारले म्यानपावर व्यवसायीको धरौटी बढाउन संसद्मा प्रस्ताव पठाएको छ । व्यवसायीले यद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिलगायत शक्तिकेन्द्र धाउँदै धरोटी बढाउने सरकारको प्रस्ताव रोक्न जोड गरिहेका छन् । व्यवसायीले केही दिनअघि कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री …

पुरा पढ्नुहॊस »

पूर्वराजा डेढ महिने तराई यात्रामा

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह डेढ महिने तराई यात्रामा निस्कदै छन् । आइतबार दिउँसो उनी काठमाडौंबाट बुद्ध एयरको विमानबाट सीमरा जाँदैछन् । पूर्व रानी कोमल र सहयोगीसंगै उनी अपरान्ह ४ बजे सीमरा विमानस्थल पुग्ने कार्यक्रम रहेको जनाइएको छ । सीमरामा एक हप्ता बस्ने कार्यक्रम रहेको उनको संवाद सचिव डा फणिराज पाठकले जानकारी दिएका छन् । पूर्वराजा शाह माघ २० गते दमक जाने कार्यक्रम छ । दमकमा झण्डै एक महिना बसाई हुने बुझिएको …

पुरा पढ्नुहॊस »

अन्धाधुन्ध गोली हानी बुवाआमासहित पाँचजनाको हत्या

काठमाडाैँ । अमेरिकाको लुजियानामा एक बन्दुकधारीले गोली चलाउँदा पाँचजनाको मृत्यु भएको छ । लुजियानाका दुई स्थानमा भएको गोलीकाण्डमा आक्रमणकारीका अभिभावकसहित पाँचजनाको ज्यान गएको हो । लुजियानाको राजधानी बोटन रुजको दक्षिणी क्षेत्रमा घटना भएको हो । २१ वर्षका डकोटा थेरिओटले अन्धाधुन्ध गोली चलाएको प्रहरीले जनाएको छ । गोली चलाएपछि भागेका थेरिओटको खोजी भइरहेको प्रहरीले उल्लेख गरेको छ । स्थानीय समय अनुसार शनिबार बिहान घटना भएको हो । थेरिओटले आफ्ना आमाबुवा एलिजाबेथ …

पुरा पढ्नुहॊस »

ब्राजिलमा बाँध भत्किँदा मृत्यु हुनेको संख्या ४० पुग्यो

काठमाडौं । ब्राजिलको दक्षिण पूर्वी क्षेत्रमा बाँध भत्किँदा मृत्यु हुनेको संख्या कम्तिमा ४० पुगेको छ । घटनामा ३ सयभन्दा बढी बेपत्ता भएको अधिकारीहरुले बताएका छन् । बेपत्ता भएकाहरुको जिवितै उद्धारको सम्भावना न्यून भएको स्थानीय उद्धारकर्मीहरुले बताएका छन् । मिनास गेरियस राज्यको बेलो होरिजोन्टे शहरमा एक्कासी पहिरो गएपछि बाँध फुटेको र ठूलो क्षति भएको हो । उद्धारकर्मीहरुले ५० जनाको उद्धार गरिएको जनाएका छन् । मिनासका गभर्नर रोमेउ जेमाले उद्धार प्रयास भइरहे …

पुरा पढ्नुहॊस »