डडेल्धुरा । शुक्रबार बेलुकीदेखि हिमपातले सुदूरपश्चिमका सात पहाडी जिल्लाको २४ घण्टादेखि ठप्प यातायात शनिबार बेलुकी ४ बजेदेखि खुलेको छ । डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, डोटी, अछाम र बाजुराको मुख्य राजमार्गमा शुक्रबार बेलुकी ४ बजेदेखि यातायात सेवा चलेका थिएनन् । डडेल्धुरा जिल्लाअन्तर्गत पर्ने भीमदत्त राजमार्ग मेलखर्क, हगुल्डे, साउँ खर्क, भत्कडाँ, स्याउँले बजारलगायत क्षेत्रमा करीब ३ फिट बाक्लो हिउँ जमेको थियो । राजमार्गमा जमेको हिउँ हटाउन डोटीको बुडर र डडेल्धुराको अमरगढी नगरपालिकाको …
पुरा पढ्नुहॊस »राष्ट्रिय वाणिज्य सहकारीको अठारौं साधारण सभा सम्पन्न
काठमाडौं । राष्ट्रिय वाणिज्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अठाराैं साधारण सभा शनिबार राजधानीमा सम्पन्न भएको छ । साधारण सभाका प्रमुख अतिथि राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले वाणिज्य सहकारीको प्रगतिको शुभकामना व्यक्त गर्दै सहकारीलाई आफ्नो सहयोग मिल्ने बताए । उनले राष्ट्रिय वाणिज्य बैंक निरन्तर अगाडि बढ्दै रहेको पनि बताए । कार्यक्रममा रावा बचत तथा ऋण सहकारी संस्था लि.का अधिकारीहरुले प्रस्तुत गरेको प्रतिवेदनहरु पारित गरिएको थियो । सहकारीका …
पुरा पढ्नुहॊस »बर्नलेको पोस्टमा म्यानचेस्टर सिटीको पाँच गोल
काठमाडाैँ । बर्नलेको पोस्टमा पाँच गोल वर्षाउँदै म्यानचेस्टर सिटी इंग्लिस एफए कपको पाँचौं चरणमा पुगेको छ । शनिबार राति भएको खेलमा दोस्रो हाफमा चार गोल गरेपछि सिटीले ५–० को जित निकाल्यो । पहिलो हाफको मध्यमा ग्याब्रियल जेससले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । मातेज भिद्राले एउटा राम्रो मौका गुमाएपछि जेससको सोही गोलको अग्रता सिटीले पहिलो हाफ भरी जोगाउन सक्यो । ५२औं मिनेटमा बर्नार्डो सिल्भाले सिटीका लागि दोस्रो गोल गरे …
पुरा पढ्नुहॊस »उपत्यकाका अधिकांश सडकको अवस्था दयनीय
काठमाडौं । सरकारले पानीजहाज र रेल सञ्चालनको कार्ययोजना अघि सारिरहे पनि राजधानी तथा आसपासका अधिकांश सडकको अवस्था भने दयनीय छ । काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र अन्य नगरपालिका, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, मेलम्ची खानेपानी आयोजनालगायतका सरकारी निकायको गैरजिम्मेवारीपनका कारण उपत्यकावासी हैरान छन् । पानी पर्दा हिलाम्मे र घामलाग्दा धुलाम्मे हुने मुख्य विशेषता बोकेका राजधानीका सडकमा यात्रा गर्दा जोखिम मोल्नुपर्ने अवस्था छ । रिङरोडभित्र कम समस्या भए पनि रिङरोड आसपासका …
पुरा पढ्नुहॊस »बाराका सुरक्षा अधिकारी चढेको जीप दुर्घटना, सशस्त्रका एसपीको मृत्यु, सीडीओ गम्भीर
सिमरा । बाराका सुरक्षा अधिकारी चढेको स्कार्पियो जिप शनिबार साँझ दुर्घटना हुँदा सशस्त्र प्रहरीका एसपीको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल १२ नम्बर गण बारामा कार्यरत सशस्त्र प्रहरी उपरीक्षक बलराम पोखरेलको मृत्यु भएको हो । दुर्घटनामा बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईसहित अन्य ३ जना घाइते भएका छन् । दुर्घटनामा सशस्त्र प्रहरी हवल्दार सञ्जयकुमार यादव, प्रहरी हवल्दार शम्भु गुरुङ र चालक जगत पटेल घाइते भएको प्रहरी स्रोतले जनाएको छ । …
पुरा पढ्नुहॊस »प्रधानमन्त्री ओली स्वदेश फिर्ता
काठमाडौं । विश्व आर्थिक मञ्चको ४९औँ बैठकमा भाग लिन स्वीट्जरल्याण्ड गएका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्केका छन्। उनी शनिबार बिहान त्रिभुवन विमानस्थल आइपुगेका हुन्। प्रधानमन्त्रीलाई स्वागत गर्नका लागि विमानस्थलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, सभामुख कृष्णबहादुर महरा, गृहमन्त्री रामबहादुर थापा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत विमानस्थल पुगेका थिए। प्रधानमन्त्री ओलीले स्वीट्जरल्याण्डको डाभोसमा आयोजित विश्व आर्थिक मञ्चको बैठकमा दुई वटा महत्त्वपूर्ण सत्रलाई सम्बोधन गरेका थिए। ‘दक्षिण एसियाको राजनीतिक परिदृश्य’ र ‘प्रजातन्त्रको भविष्य …
पुरा पढ्नुहॊस »चट्याङले महिलाको मृत्यु
तनहुँ । चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। तनहुँको ऋसिङ गाउँपालिका-१ काहुँशिवपुर सेटाङकी २० वर्षीया मिनामाया थापाको मृत्यु भएको हो। चट्याङले लागेर घाइते भएकी थापाको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। शुक्रबार राती ११ बजे मोबाइल चार्जमा राखेर भिडियो हेर्दै गर्दा विद्धुत् चट्याङको करेन्ट प्रवाह भएर गम्भीर घाइते भएको अर्यालले बताए। चट्याङ परिरहेको समयमा मोबाइल, ल्यापटप, टिभी लगायत …
पुरा पढ्नुहॊस »वर्षा र हिमपातले जनजीवन कष्टकर, कोल्टी क्षेत्र सञ्चारविहीन
बाजुरा । निरन्तरको वर्षा र हिमपातका कारण बाजुरासहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको जनजीवन कष्टकर बनेको छ । विगत केहि दिनदेखि भइरहेको मौसम बदलीसँगै निरन्तरको वर्षा र हिमपातका कारण उच्च पहाडी र हिमाली क्षेत्रमा जनजीवन कष्टकर बनेको हो । हिमपातकै कारण बाजुराको ‘क’ र ‘ख’ क्षेत्रको सम्बन्ध टुटेको छ । बडिमालिका र बूढीनन्दा नगरपालिकाको सिमाना पोरखेलेकमा बाक्लो हिउँ परेपछि सम्बन्ध टुटेको हो । मार्तडी–कोल्टी सडक पूर्णरूपमा बन्द भएको छ भने आवतजावत पनि …
पुरा पढ्नुहॊस »चैतभित्र काठमाडौंलाई मगन्तेरहित बनाइने
काठमाडौं । विसं २०७५ चैत मसान्तसम्म काठमाडौँ जिल्लालाई सहयोगापेक्षी (मगन्ते) रहित बनाउने अभियान शुरु भएको छ । गत वर्ष पशुपति क्षेत्रलाई मगन्तेरहित बनाई शुरु भएको अभियानलाई विस्तार गरेर यस वर्ष काठमाडौँ जिल्लाव्यापी बनाउन लागिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोष, महानगरीय प्रहरी परिसर काठमाडौँ, काठमाडौँ महानगरपालिका, मानव सेवा आश्रम, रक्षा नेपाल, स्नेही काख नेपाल, आमाघरलगायत संस्थाको सहकार्यमा राजधानीलाई मगन्तेरहित बनाउन लागिएको हो । पशुपति क्षेत्रबाट शुरु भएको कामलाई काठमाडौँ …
पुरा पढ्नुहॊस »ओम डेभलपमेन्ट बैंकको खुद नाफामा ५९ प्रतिशत वृद्धि
काठमाडौं । ओम डेभलपमेन्ट बैंक लिमिटेडको चालू आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासमा खुद नाफा ५९ दशमलव ८५ प्रतिशत बढेको छ । गत आवको दोस्रो त्रैमासमा रू. १५ करोड ३ लाख १२ हजार खुद नाफा कमाएको बैंकले चालू आवको सोही समयमा रू. २४ करोड २ लाख ७४ हजार खुद नाफा कमाएको छ । बैंकको संचालन नाफा ६८ प्रतिशत र खुद ब्याज आम्दानी ६१ प्रतिशत बढेकाले खुद नाफा बढेको हो । …
पुरा पढ्नुहॊस »