नेपाल एसबिआई बैंक नाफा बढाउन असफल

काठमाडौं । नेपाल एसिबआई बैंकको नाफा घटेको छ । २०७४ पुस मसान्तमा ९१ करोड नाफा कमाएको बैंकले २०७५ पुसमा ९० करोड मात्रै नाफा कमाउन सफल भएको हो । एसबिआईले असोज मसान्तदेखि पुस मसान्त अवधीमा निक्षेप भने ९४ अर्बबाट बढाएर ९७ अर्ब पुर्याएको छ । बैंकको कर्जा लगानी पनि असोज मसान्त ८४ अर्ब रहेकोमा पुसमा ९० अर्ब पुर्याएको छ ।

बैंकको सिडी रेसियो भने ७७.७७ प्रतिशत रहेको छ । बैंकले ५ अर्ब ३६ करोड ब्याज आम्दानी र ३ अर्ब १७ करोड ब्याज खर्च गर्दा खुद ब्याज आम्दानी २ अर्ब १९ करोड गर्न सफल भएको छ । बैंक आधार ब्याज दर ९.८२ प्रतिशत रहेको छ भने कस्ट अफ फण्ड ५.९१ प्रतिशत रहेको छ । ०.१९ प्रतिशत खराब कर्जा रहेको बैंकको प्रति सेयर आम्दानी २४ रुपैंयाँ २१ पैसा रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा छुट

काठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले र्‍याडिसन होटलमा उपलब्ध हुने सेवा सुविधामा विशेष छुट पाउने …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds