काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्दै उनको पुत्ला दहन गरेको छ ।
चिकित्सा शिक्षा विधेयक संसदबाट पास गरेको विरोधमा नेविसंघका कार्यकर्ताहरुले आइतबार बिहान राजधानीको पशुपति क्याम्पस अगाडि प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन् ।
नेविसंघले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन र वाइडबडी खरिद प्रकरणमा भएको अनियमितताको छानबिन गर्न पनि माग गरेको छ ।
नेविसंघका नेता तथा कार्यकर्ताहरुले गरेको प्रदर्शनका कारण केहीबेर पशुपति क्याम्पसअगाडिको सवारी आवागमनसमेत प्रभावित बनेको थियो ।
तपाईंको प्रतिकृया




