बैंक र बीमा व्यवसायलाई छुट्याउनै मिल्दैन: बीमा समिति अध्यक्ष चापागाईँ

काठमाडौं । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले बैंक र बीमा व्यवसायलाई एक अर्कासँग छुट्याउनै नमिल्ने बताएका छन् । बुटवलमा आयोजीत बैंकिङ, बीमा र पुँजी बजार प्रदर्शनीमा बोल्दै समितिका अध्यक्ष चापागाईँले बैंक र बीमा क्षेत्र एकापसमा अभिन्न अंग भएको र यसको विकास पनि सँगसँगै अघि बढाउनुपर्ने स्पष्ट पारे ।

उनले मानव जीवन, सम्पत्ती, व्यवसाय, कृषि उत्पादन लगायत हरेक क्षेत्रमा हुने आर्थिक क्षती न्युनिकरण गर्न बीमाले सहयोग पु¥याउने पनि बताए । बैंकबाट कर्जा लिएर गरिने व्यवसायको जोखिम न्युनिकरण अनिवार्य रहेको उल्लेख गर्दै कृषि बीमामा सरकारले दिएको सुविधाको उपयोग गर्न आग्रह गरे ।

प्रदर्शनीमा बीमा समिति, नेपाल धितोपत्र बोर्ड, युवा तथा साना व्यवसायी स्वरोजगार कोष, विभिन्न बाणिज्य बैंकहरु, विकास बैंक, बीमा कम्पनीहरु, वित्त कम्पनी, मर्चेन्ट बैंक, लघुवित्त कम्पनीहरु, स्टक ब्रोकर कम्पनीहरु लगायतको सहभागिता रहेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सानिमा रिलायन्सले १८.३८ प्रतिशत बोनस सेयर दिने

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १८.३८ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds