News desk

सांसद हरिनारायण रौनियारसहित १२ जना विरुद्ध मुद्दा

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्सनका तत्कालीन अध्यक्ष सांसद हरिनारायण रौनियार र हालका अध्यक्ष उनका छोरा सुमित रौनियारसहित १२ जना विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाका अनुसार बबई पुल गुणस्तरहीन बनाएकाले निर्माणमा संलग्न आयोजना प्रमुख, कर्मचारी र ठेकेदारसहित १२ जना विरुद्ध मुद्दा दायर गरिएको हो । पप्पु कन्स्ट्रक्सनबाट बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई पुल निर्माणमा गुणस्तरहीन सामाग्री प्रयोग …

पुरा पढ्नुहॊस »

नोवेल शान्ति पुरस्कार बलात्कारबिरुद्धका अभियन्तालाई

काठमाडाैं । यस वर्षको नोबेल शान्ति पुरस्कार यौन हिंसाविरुद्ध लडेका दुई जनालाई प्रदान गरिने भएको छ । कङ्गोका  डेनिस् मक्वेज र नादिया मुरादलाई यस वर्षको नोबेल शान्ति पुरस्कार संयुक्त रुपमा प्रदान गरिने भएको हो । मुकागे यौन हिंसाबाट पीडितहरुलाई उपचार गर्दै आएकी चिकित्सक हुन् भने मुराद मानव अधिकारकर्मी हुन् । उनीहरुलाई युद्ध र सशस्त्र द्वन्द्वमा यौन हिंसाको सिकार हुनबाट बचाउन अथक प्रयास गरेको उल्लेख गर्दै यो पुरस्कार दिने घोषणा गरिएको …

पुरा पढ्नुहॊस »

उपत्यकासहित देशका केही ठाउँमा चिसो बढ्यो

काठमाडाैं । उपत्यकासहित देशका केही ठाउँमा चिसो बढेको छ । गएको एक हप्ता यता तापक्रम ३ देखि ४ डिग्री सेल्सियसले घटेको मौसमविद्ले बताएका छन् । मौसमविद् सुवास रिमालका अनुसार तापक्रम अब विस्तारै घट्दै जाने छ । अहिले बिहान र बेलुकी चिसो हुन थालेको छ । काठमाडौंको न्यूनतम तापक्रम आज १५ डिग्री सेल्सियसमा झरेको छ । हिजो १६ डिग्री सेल्सियस थियो । यसअघि काठमाडौंको न्यूनतम तापक्रम १७ डिग्री सेल्सियस थियो । …

पुरा पढ्नुहॊस »

सुनको मूल्य बढेर ५८ हजार ९ सय पुग्यो

काठमाडौँ । शुक्रबार (असोज १९) सुनको मूल्य ५८ हजार ९ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन बिहिबार पनि यहि मूल्यमा कारोबार भएको थियो । तेजावी सुन भने ५८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रतितोलामा ७ सय ४५  रुपैयाँमा कायम भएको छ ।

पुरा पढ्नुहॊस »

नेपाल भित्रियो ‘को बन्छ करोडपति?’

काठमाडाैं । चर्चित अन्तराष्ट्रिय टिभी रियालिटी शो ‘हु वान्टस् टु बि मिलेनेयर?’को फ्रान्चाइज नेपाल भित्रिएको छ । कार्यक्रम नेपालमा ‘को बन्छ करोडपति?’ नामबाट संचालन हुने जानकारी बिहिबार काठमाडौंमा एक कार्यक्रमबिच दिइएको छ । एपी वान टेलिभिजनबाट प्रसारण हुने सो कार्यक्रमलाई नेपाली अभिनेता राजेश हमालले संचालन गर्नेछन् । नेपाली संस्करण ‘को बन्छ करोडपति?’ आगामी छठपर्वपछि प्रसारण हुनेछ । कार्यक्रमलाई एसआरविएन मिडिया प्रालिले नेपाल भित्र्याएको हो । नेपाली पन झल्कने गरी कार्यक्रम प्रसारण गरिने …

पुरा पढ्नुहॊस »

मौसमी रुघाखोकीका ६ लक्षण र ११ बच्ने उपाय

काठमाडाैं । मौसमी रुघाखोकी ज्वरोले विभिन्न उमेर समूहका व्यक्तिहरु बिरामी हुने गर्दछन् । यो रोगको प्रकोप नेपालका विभिन्न भूभागमा समय समयमा देखिने गरेको छ । वर्षा यामको शुरु तथा अन्त्य, जाडो यामको शुरु तथा अन्त्यमा साधारणतया रुघाखोकी ज्वरो, इन्फ्लुएञ्जाका विरामी वढी देखिने गर्दछन् । लक्षण –    ज्वरो आउने (१००.४ डीग्री फरेनहाइट भन्दा वढी) –    टाउको दुख्ने –    घाँटी दुख्ने –    रुघाखोकी लाग्ने –    श्वास फेर्न गाह्रो हुने –    बच्चाहरुलाई झाडा पखाला …

पुरा पढ्नुहॊस »

रूसी राष्ट्रपति पुटिन भारत भ्रमणमा, हतियार खरिद सम्झाैता हुने

काठमाडाैं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन भारतको औपचारिक भ्रमणका लागि बिहीबार साँझ नयाँदिल्ली आइपुगेका छन् । रूससँग अर्बौं डलरको लडाकु विमान खरिद सम्झौता हुनेक्रममा रहेकाले यस भ्रमणलाई अमेरिका, चीन र पाकिस्तानले नजिकबाट नियालिरहेका छन् । रूसले राष्ट्रपति पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा करिब ५ अर्ब डलरको अत्याधुनिक एस–४०० हवाई प्रतिरक्षा प्रणाली खरिद सम्झौतामा हस्ताक्षर हुने जानकारी दिएको छ । रूसी प्रतिरक्षा प्रणाली खरिद गर्ने मुलुकविरुद्ध अमेरिकाले प्रतिबन्ध लगाउने …

पुरा पढ्नुहॊस »

आयल निगमले माग्यो धेरै संख्यामा कर्मचारी (सूचनासहित)

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ । निगमले  निर्देशकदेखि टेक्निसियनसम्मको पदमा कर्मचारी मागेको हो । थप जानकारीका लागि तलको सूचना हेर्नुहोस् :- 

पुरा पढ्नुहॊस »

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सर्‍यो

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक तीन दिनका लागि सरेको छ । कांग्रेसले पार्टीको संशोधित विधान र समसामयिक विषयमा छलफल गर्नका लागि यही असोज १९ गते शुक्रबार केन्द्रीय कार्यसमिति बैठक बोलाएकोमा विशेष कारणवश बैठक असोज २२ गते सोमबार दिँउसो १ बजेसम्मका लागि सारिएको हो । कांग्रेसले विधान संशोधनका लागि प्रदेशबाट आएका सुझाव र पछिल्लो समयमा मुलुकमा देखिएको राजनीतिक घटनाक्रमका बारेमा छलफलका लागि बैठक बोलाएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद …

पुरा पढ्नुहॊस »

नेपाल एयरलाइन्सले ताप्लेजुङ-काठमाडाैं उडान गर्ने

काठमाडाैं । लामो समयदेखि उडान गर्न नसकेको नेपाल एयरलाइन्सले काठमाडौँ ताप्लेजुङ उडानका लागि टिकट बिक्री शुरु गरेको छ । असार दोस्रो सातायता नियमित उडान गर्न नसकेको निगमले भाडादर घटाएर आगामी बुधबारदेखि उडान गर्ने तयारी गरेको हो । यसअघि रु सात हजार ४६० मा टिकट बिक्री गरेको निगमले अहिले रु एक हजार ६० छुटसहित टिकट बिक्री गरिरहेको र यही असोज २४ देखि सातामा दुई दिन (बुधबार र शुक्रबार) उडान गर्ने तालिका …

पुरा पढ्नुहॊस »