News desk

कोटा सिस्टम लगाएपछि चिनी गोदाममै थन्कियो

वीरगञ्‍ज । संघीय सरकारले चिनी आयातमा परिणात्मक बन्देज (कोटा सिस्टम) लगाएपछि सरकारी स्वामित्वमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसनले भित्र्याएको करीब रु १३ करोड मूल्य बराबरको दुई हजार ५०० मेट्रिक टन भारतीय चिनी सुख्खा बन्दरगाहको गोदाममा थन्किएको छ । हिन्दूहरुको महान् चाड दशैँ तिहार तथा छठपर्वलाई लक्षित गरी साल्ट ट्रेडिङ कर्पोरेशनले भारत गुजरातको रेणुका सुगर मिलबाट सो परिणामको चिनी आयात गरेको तर ढिलो गरी आएकाले सो चिनी भन्सार पास हुन नसक्दा गोदाममै …

पुरा पढ्नुहॊस »

आईजीपी खनाललार्इ बर्खास्त गर्न सत्तारूढ दलको भातृ संगठनको माग

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का विद्यार्थी संगठन अखिल र अखिल (क्रान्तिकारी) ले नेपाल प्रहरीका प्रमुख, आइजिपी सर्वेन्द्र खनाललाई तत्काल बर्खास्त गर्न माग गरेको छ । अखिल र अखिल क्रान्तिकारीका नेताहरुले बिहीबार गृहमन्त्री रामबहादुर थापा बादललाई भेटेर ज्ञापन पत्र बुझाउँदै जनताको जिउधनको सुरक्षामा सिंगो संरचनालाई प्रभावकारी बनाउनु पर्नेमा त्यसमा असक्षम रहेकाले आइजिपी खनाललाई तत्काल बर्खास्त गर्न माग गरेका हुन् । आफूहरुले पछिल्लो समय बढ्दै गएको बलात्कार तथा …

पुरा पढ्नुहॊस »

निर्मला हत्या प्रकरण : मुख्यमन्त्री कार्यालयमा प्रदर्शन

कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै अधिकारकर्मीले मुख्यमन्त्री कार्यालयबाहिर बुधबार प्रदर्शन गरेका छन् । निर्मलाको बलात्कार र हत्या घटनाको ७० दिन बितिसक्दासमेत हत्यारा पक्राउ नपरेको भन्दै सत्यतथ्य बाहिर ल्याउन माग राखेर आन्दोलन गरिरहेको दबाबमूलक संघर्ष समितिले मुख्यमन्त्री कार्यालयबाहिर प्रदर्शन गरेका हुन् । अधिकारकर्मी महिलाले धनगढीस्थित ट्राफिक चोकबाट बुधबार नाराजुलुससहित ¥याली निकालेका हुन् । दबाबमूलक संघर्ष समितिले घटनाको सत्यतथ्य …

पुरा पढ्नुहॊस »

विदेशी मुद्राको मूल्य ह्वात्तै बढ्यो

काठमाडौं । बुधबारको तुलनामा आज विदेशी मुद्राको मूल्य ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३१ रुपैयाँ २१ पैसा र बिक्रिदर ३१ रुपैयाँ ३७ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १५ र बिक्रिदर ३२ रुपैयाँ ३१ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ८७ पैसा र बिक्रिदर ३२ रुपैयाँ ०३ पैसा तोकेको छ । …

पुरा पढ्नुहॊस »

नेपाल-अष्ट्रेलिया साझेदारीको सहमती

काठमाडौं । नेपाल-अष्ट्रेलिया संयुक्त परामर्श समिति नदीकिनार, पारिस्थितिक पद्धति तथा जल व्यवस्थापनका क्षेत्रमा सहकार्य गर्न सहमत भएको छ । संयुक्त परामर्श समितिको हालै सम्पन्न द्विपक्षीय बैठकमा त्यस्तो सहमति भएको यहाँस्थित अष्ट्रेलियाली राजदूतावासले जनाएको छ । जलस्रोत व्यवस्थापनमा विश्वमा कहिलिएको मुलुक अष्ट्रेलियासँगको साझेदारीबाट नेपाल लाभान्वित हुने जल तथा शक्ति आयोगका सहसचिव माधव वेलबासेले बताए । नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बडले साझेदारीका नयाँ क्षेत्र विस्तार गर्न आफ्नो मुलुक तयार रहेको बताएका …

पुरा पढ्नुहॊस »

टिपर सञ्चालनको समय थप गर्ने निर्णय फिर्ता

काठमाडाैं । काठमाडाैं उपत्यकािभत्र ट्रिपर सञ्चालनको समयावधि पुनः घटाइएको छ । बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म सञ्चालन गर्न दिने निर्णय लिएकै दिन दुर्घटना भएपछि समयावधि छाेट्याइएकाे हो । अब साउन ४ गतेकै निर्णयअनुसार बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म मात्रै ट्रिपरहरु सञ्चालन हुने ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ । यसअघि गत साउन १ गते ट्रिपरले ट्राफिक जाम र असुरक्षा बढाएको भन्दै काठमाडौंभित्र रिङरोड, रिङरोड भित्र र कोटेश्वरबाट जडिबुटीसम्मको सडक …

पुरा पढ्नुहॊस »

सिन्धुलीमा ट्रक दुर्घटना, दुईजनाको मृत्यु

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–२ केराबारीमा गएराति ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भिर घाईते भएका छन् । मृत्यु हुनेमा ट्रक चालक सप्तरीका ३२ वर्षीय लोकबहादुर मगर छन् । उनको उपचारको क्रममा जिल्ला अस्पताल सिन्धुलीमा राति सवा १ बजे मृत्यु भएको हो । ट्रकमा सवार अन्दाजी २६ वर्षीय ब्यक्तिको घटनास्थलमा नै मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । सोही दुर्घटनामा ट्रकमा …

पुरा पढ्नुहॊस »

सांसदले आफूखुसी जहाँसुकै खर्चन पाउने

काठमाडौं । बजेटमा राखिएको प्रावधानविपरीत सांसदहरूले आफुखुसी योजना छनोट र खर्च गर्न मिल्ने नियमावली सरकारले जारी गरेको छ । बजेटको प्रावधानअनुसार ४ करोड रुपैयाँका पाँचवटा योजनामात्र सांसदले छनोट गर्न पाउनेछन् । मन्त्रिपरिषद्ले हालै स्वीकृत गरेको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमसम्बन्धी नियमावलीमा २० वटासम्म योजना छनोट गर्न सक्ने व्यवस्था गरिएको हो । संसद्बाट पारित भएको विनियोजनसम्बन्धी ऐनविपरीत नियमावली बनाएर सरकारले सांसदहरूलाई मनलाग्दो खर्च गर्ने बाटो खोलिदिएको हो । अाजको कान्तिपुर दैनिकमा …

पुरा पढ्नुहॊस »

सुन तस्करी : पत्तै लाग्दैनन् गिरोहका नाइके

काठमाडौं । केरुङ नाका हुँदै अवैध प्रक्रियाबाट भित्र्याइएको ५ केजी सुन प्रहरीले बरामद गरेको छ । सार्वजनिक बसमा कम्मरमा सुन बाँधेर काठमाडौं आउँदै गरेका १८ वर्षीय सोमबहादुर तामाङ बुधबार बालाजु नजिक तीनपिप्लेबाट पक्राउ परेका छन् । प्रहरीका अनुसार केरुङको सीमापारि चिनियाँ व्यापारी सुन बोकेर भरियाको खोजीमा बस्छन् । ‘वी च्याट’मार्फत सम्पर्कमा आउनेलाई उनीहरू सुन दिएर पठाउँछन् । काठमाडौं पुगेपछि मात्रै उनीहरू भरियालाई उक्त सुन कहाँ पुर्‍याउने हो भन्ने खुलाउँछन् । …

पुरा पढ्नुहॊस »

दसैँमा ‘आइएमई पे’को १० रुपैयाँमा हवाई यात्रा योजना

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित ‘आइएमई डिजिटल’ द्वारा प्रवद्र्धित ‘आइएमई पे’ ले दसैँमा हवाई टिकट योजना ल्याएको छ । स्किमअन्तर्गत बुद्ध, यती, तारा, सौर्य, श्री र सिम्रिक एयरलाइन्समा नेपालभरका गन्तव्यका लागि आइएमई पेबाट टिकट खरिद गर्ने यात्रु मध्ये प्रत्येक दिन ६ जनाले दश रुपैयाँ वाहेकको अन्य हवाई शुल्क उपहार स्वरूप ‘आइएमई पे’ वालेटमै फिर्ता पाउने कम्पनीले जनाएको छ । यो योजना २०७५ साल असोज १७ गतेदेखि ३१ गतेसम्म कायम हुनेछ …

पुरा पढ्नुहॊस »