नेपाल भित्रियो ‘को बन्छ करोडपति?’

काठमाडाैं । चर्चित अन्तराष्ट्रिय टिभी रियालिटी शो ‘हु वान्टस् टु बि मिलेनेयर?’को फ्रान्चाइज नेपाल भित्रिएको छ । कार्यक्रम नेपालमा ‘को बन्छ करोडपति?’ नामबाट संचालन हुने जानकारी बिहिबार काठमाडौंमा एक कार्यक्रमबिच दिइएको छ ।

एपी वान टेलिभिजनबाट प्रसारण हुने सो कार्यक्रमलाई नेपाली अभिनेता राजेश हमालले संचालन गर्नेछन् । नेपाली संस्करण ‘को बन्छ करोडपति?’ आगामी छठपर्वपछि प्रसारण हुनेछ । कार्यक्रमलाई एसआरविएन मिडिया प्रालिले नेपाल भित्र्याएको हो । नेपाली पन झल्कने गरी कार्यक्रम प्रसारण गरिने सो कार्यक्रमका संयोजक विपिनकुमार आचार्यले जानकारी दिएका छन् ।

नायक राजेश हमालले कार्यक्रमलाई अन्तर्राष्ट्रिय मापदण्ड कायम गरी नेपाली स्वाद दिनु जरुरी रहेको औँल्याउँदै कार्यक्रमलाई लिएर आफू उत्साहित रहेको कार्यक्रममा बताएका थिए । कार्यक्रमको छ भागका लागि दर्ता प्रक्रिया पूरा भएर छनोट चरणमा पुगेको जनाकारी कार्यक्रममा दिइयो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

चलचित्र ‘फर्की फर्की’ को ‘अन्तिम माया’ गीत सार्वजनिक (भिडिओ)

काठमाडौँ । नायक अनमोल केसी अभिनीत चलचित्र ‘फर्की फर्की’ को ‘अन्तिम माया’ बोलको गीत सार्वजनिक …

प्रतिकृया दिनुहॊस