नोवेल शान्ति पुरस्कार बलात्कारबिरुद्धका अभियन्तालाई

काठमाडाैं । यस वर्षको नोबेल शान्ति पुरस्कार यौन हिंसाविरुद्ध लडेका दुई जनालाई प्रदान गरिने भएको छ । कङ्गोका  डेनिस् मक्वेज र नादिया मुरादलाई यस वर्षको नोबेल शान्ति पुरस्कार संयुक्त रुपमा प्रदान गरिने भएको हो ।

मुकागे यौन हिंसाबाट पीडितहरुलाई उपचार गर्दै आएकी चिकित्सक हुन् भने मुराद मानव अधिकारकर्मी हुन् । उनीहरुलाई युद्ध र सशस्त्र द्वन्द्वमा यौन हिंसाको सिकार हुनबाट बचाउन अथक प्रयास गरेको उल्लेख गर्दै यो पुरस्कार दिने घोषणा गरिएको हो । नर्वेको ओस्लोमा नोबेल कमिटिका अध्यक्ष बेरिट रेइस एन्डरसनले अाज यस पुरस्कारको घोषणा गरेका हुन् ।

‘मक्वेजले हिंसामा परेकाहरुलाई बचाउन आफ्नो जीवन समर्पण गरेका छन्,’ अध्यक्ष बेरिटले भने । नादियाले युद्धको समयमा भएगरेका यौन हिंसालाई बाहिर ल्याएर ठूलो योगदान गरेको बताइएको छ। नादिया आफै यौन हिंसामासमेत परेकी थिइन् । त्यसपछि उनले यौन हिंसामा परेकालाई सहयोग गर्दै आएकी छन् । दुबैजना उत्तरी इराकका हुन् । यसपटक नोबेल शान्ति पुरस्कारका लागि ३,३१ जना प्रतिस्पर्धी थिए । 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया कार्याकक्षबाटै पक्राउ

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया कार्यकक्षबाटै पक्राउ परेका छन् । उपत्यका अनुसन्धानका …

प्रतिकृया दिनुहॊस