मौसमी रुघाखोकीका ६ लक्षण र ११ बच्ने उपाय

काठमाडाैं । मौसमी रुघाखोकी ज्वरोले विभिन्न उमेर समूहका व्यक्तिहरु बिरामी हुने गर्दछन् । यो रोगको प्रकोप नेपालका विभिन्न भूभागमा समय समयमा देखिने गरेको छ । वर्षा यामको शुरु तथा अन्त्य, जाडो यामको शुरु तथा अन्त्यमा साधारणतया रुघाखोकी ज्वरो, इन्फ्लुएञ्जाका विरामी वढी देखिने गर्दछन् ।

लक्षण
–    ज्वरो आउने (१००.४ डीग्री फरेनहाइट भन्दा वढी)
–    टाउको दुख्ने
–    घाँटी दुख्ने
–    रुघाखोकी लाग्ने
–    श्वास फेर्न गाह्रो हुने
–    बच्चाहरुलाई झाडा पखाला समेत हुन सक्छ

बच्ने उपाय
–    खोक्दा हाच्छिउँ गर्दा सफा कपडा वा रुमाल वा पाखुराले नाक, मुख छोप्ने गरौं।
–    साबुन पानीले मिची मिची हात धुने गरौं।
–    पोषिलो र झोल पदार्थ प्रशस्त मात्रामा पिउने गरौं।
–    ज्वरो आएको व्यक्तिले नगुम्सिएको, हावा ओहोर दोहोर हुने कोठामा आराम गरौं।
–    आनावस्यक रुपमा मानिसहरुको भीडभाड भएको ठाउँमा नजाऔं।
–    ज्वरो रुघाखोकी लागेको विरामीको घरेलु उपचारबाट स्वास्थ्यमा सुधार नभएमा आवश्यक उपचारको लागि         नजिकको स्वास्थ्य संस्थामा लैजाऔं।
–    शंकाष्पद रोगी व्यक्तिवाट सकभर टाढै वसौं।
–    आँखा, नाक तथा मुखमा अनावस्यक रुपमा हात नलैजाऔं।
–    सकभर अरु व्यक्तिहरुसंग हात नमिलाउने, नमस्कार गर्ने।
–    अरुले प्रयोग गरेका रुमाल, कपडा प्रयोग नगरौं।
–    नाक, मुख छोप्दा प्रयोग भएका रुमाल राम्ररी धोएर वा सफा गरेर मात्र पुनः प्रयोग गर्ने।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मृत्युपश्चात् अङ्ग दान गर्ने परिवारलाई २ लाख दिने स्वास्थ्यमन्त्रीको निर्णय

काठमाडौं । मृत्युपश्चात मानव अङ्ग दान गर्न चाहने मृतकका परिवारलाई दुई लाख रुपैयाँ सहयोग गरिने …

प्रतिकृया दिनुहॊस