News desk

एनएमवि बैंक र कर्जा बजारबीच सम्झौता, कर्जा सम्बन्धि सम्पूर्ण जानकारी लिन सकिने

काठमाडौं । एनएमवि बैंक र कर्जा बजारबीच सम्झौता भएको छ । उक्त सम्झौताअनुसार इच्छुक ग्राहकले सजिलै एनएमबि बैंकको कर्जा सम्बन्धी सम्पूर्ण जानकारी लिन सक्नेछन् । कर्जा बजार तथा एनएमवि बैंकबीच एक कर्जा जानकारी दिने विषयमा सम्झौता भएको हो । उक्त सम्झौता अनुसार इच्छुक ग्राहकले सजिलै एनएमबि बैंकको कर्जा सम्बन्धी सम्पूर्ण जानकारी लिन सक्छन । ग्राहकले कर्जा बजारबाट कर्जाका लागि आवश्यक प्रक्रिया सुरु गरेर कर्जाको अवस्था पनि बुझ्न सक्ने जनाइएको छ …

पुरा पढ्नुहॊस »

मदिरा नियन्त्रणमा बझाङ प्रहरीको एक्सनः ६७ सय लिटर अवैध मदिरा नष्ट

पार्वती ऐडी बझाङ । हिमालली जिल्ला बझाङ्गमा खाद्यान्न अभाबमा ग्रामीण भेगका जनताहरुलाई सकस परिरहेको हुन्छ तर, सदरमुकाम चैनपुरमा बस्दै आएका कोहि ब्यक्तिलाई भने ठूलो परिणामको खाद्य कुहाएर लोक्कल तथा घरेलु अबैध मदिरा उत्पादन गदै आएका छन् । जिल्ला सदमुकामको यस्तो अवस्थालाई नियन्त्रण गर्न प्रहरीले पनि पछिल्लो समय सक्रियता बढएको छ । आईतबार वडा प्रहरी बिटका प्रहरी नायब निरिक्षक विरेन्द्र सिंह कार्कीको नेतृत्वमा खटेको टोलीले जयपृथ्बी नगरपालिका वडानं १० भित्रका विभिन्न …

पुरा पढ्नुहॊस »

‘द कपिल शर्मा शो’ लिएर फेरि फर्कदै कमेडियन कपिल

काठमाडाैं । टेलिभिजनको चर्चित शो ‘द कपिल शर्मा शो’ एकपटक फेरि सुरु हुँदैछ । यस पटकको शो मा पनि चर्चित कमेडियन कपिल शर्मा कमेडीमार्फत दर्शकहरुलाई मनोरञ्जन दिनेछन् । भारतीय सञ्चारमाध्यमका अनुसार दिपावलीको अवसरमा यो शोको सुरुवात हुनेछ ।  केही समय अघिदेखि गायब भएका कमेडियन कपिल शर्मा फेरी दर्शकमाझ फर्कने चर्चा हुँदै आएको थियो । कपिल शर्माले ट्वीटमार्फत उनको सुपरहिट शो ‘द कपिल शर्मा शो’ लिएर फर्कन लागेको जानकारी दिएका छन् । उनले …

पुरा पढ्नुहॊस »

नेविसंघको विधान उल्टाएको भन्दै कांग्रेसका चार शीर्ष नेताको आपत्ति

काठमाडाैं । नेपाली कांग्रेसका चार शीर्ष नेताहरु रामचन्द्र पौडेल, कृष्ण सिटौला, प्रकाशमान सिंह र अर्जुन नरसिंह केसीले आइबारको कांग्रेसको बैठकमा नेपाल विद्यार्थी संघको विधानलाई बहुमतको आधारमा पारित गरेको भन्दै आपत्ति जनाएका छन् ।  चार नेताले विज्ञप्ती निकाल्दै आम विद्यार्थीको भावना विपरित भएको भन्दै आपत्ति जनाएका हुन् । नेपाल विद्यार्थी संघको केन्द्रीय समितिको बैठकले सर्वसम्मत रुपमा उमेर हद हटाउने निर्णय गर्दै पार्टी केन्द्रिय समितिलाई विधान पारित गर्नका लागि भदौ अन्तिम साता निर्णय …

पुरा पढ्नुहॊस »

पीडा भुलेर राजकुमारको रमाईलो गीत (भिडियाेसहित)

काठमाडाैं । कालिकोटका राजकुमार जैसी काठमाडौंमा संघर्षरत छन् । इन्जिनियरिङ विषय पढ्दै गरेका उनी गीत पनि गाउँछन् । वास्तविक जीवनमा पिडाको पहाड बोकेर हिँडीरहेका उनको गीत भने रमाईलो खालको छ । नृत्य गर्नेहरुलाई लक्षित गर्दै बनाईएको गीतमा केही पश्चिमेली शब्दहरु पनि मिसाईएको छ । ‘पिडा र वेदनाका गीत भन्दा पनि डान्सीङ नम्बर चल्छ कि भनेर यस्तो गीत गाएर आफ्नो चाहना पुरा गरेको हुँ’, राजकुमार भन्छन् । गीतमा राजकुमार जैसी र …

पुरा पढ्नुहॊस »

एनसिसी बैंकको ५०% हकप्रद भर्ने अन्तिम दिन आज

काठमाडाैं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसी) बैंकले निष्काशन गरेको हकप्रद भर्ने समय आज सकिँदैछ । बैंकले भदौ ७ गतेदेखि हकप्रद निष्काशन निष्कासन गरेकोमा गत असोज ७ गतेबाट १५ दिन म्याद थप गरेको थियो । बैंकले साउन १५ गतेसम्म कायम शेयरधनीहरुको लागि चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद निष्काशन गरेको छ । प्रति शेयर एक सय रुपैयाँको दरमा २ करोड ३३ लाख कित्ता हकप्रद निष्काशन गरिएको छ । हकप्रद आवेदनको लागि …

पुरा पढ्नुहॊस »

काठमाडौँ-लुम्बिनी पर्यटकीय बस सञ्चालन

काठमाडाैं । ट्राभल नेपाल बस सर्भिसेज प्रालिले पहिलोपटक काठमाडौँदेखि मुलुकको प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनीसम्म पर्यटकीय बस सञ्चालनमा ल्याएको छ । यसअघि काठमाडौँ–पोखरा बस सञ्चालन गरेको ट्राभल नेपालले आज बिहानदेखि काठमाडौँ–सुनौली हुँदै लुुम्बिनीसम्म बस सञ्चालनमा ल्याएको हो । ट्राभल नेपालले यसअघि नै लुम्बिनी बस सञ्चालन गर्ने भनेपनि मुग्लिङ–नारायणघाटको बाटो र पूर्वाधारका कारण सञ्चालन गर्न सकेको थिएन । प्रालिका सञ्चालक प्रल्हाद लोहनीले लुम्बिनीको लागि तीनवटा अत्याधुनिक र सुविधा सम्पन्न बस सञ्चालनमा ल्याएको जानकारी …

पुरा पढ्नुहॊस »

ओप्पोको दसैँतिहार लक्षित ‘बेष्ट दशैँ गिफ्ट’ योजना

काठमाडाैं । सेल्फी एक्स्पर्ट ओप्पोले दशैँ तिहार लक्षित ‘बेष्ट दशैँ गिफ्ट’ क्याम्पेनको घोषणा गरेको छ । ओप्पोका कुनैपनि फोनको खरिदमा आकर्षक उपहार पाउन सकिने कम्पनीले जनाएको छ।पहिलो पुरस्कारका रुपमा सिंगापुर ट्रिप, दोस्रो ओप्पो एफनाइन, तेस्रो ३२ ईञ्च एलइडी टिभी, चौथो वुफर र पाँचौ पुरस्कारका रुपमा ओप्पो ब्याग रहेको छ। साथै, तीन जनाले ओप्पो नेपाल आयडल -२ ग्राण्ड फिनालेका लागि पास जित्ने छन् । ओप्पोको खरिदमा एक थान ‘लक्कि ड्र’ कुपन उपलब्ध …

पुरा पढ्नुहॊस »

नेविसंघमा ३२ वर्षे उमेर हद, शीर्ष नेतृत्व विभाजित

काठमाडाैं । चर्को विवादबीच कांग्रेसले भ्रातृ संगठन नेविसंघमा ३२ वर्षे उमेर हद लगाएको छ । पार्टीको संस्थापन र इतरपक्षबीच प्रस्तावमा सहमति नजुटेपछि बहुमतका आधारमा निर्णय गरिएको हो । वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले निर्णयमा असहमति जनाउँदै फरक मत लेखेका छन् । उनीहरूले उमेर हद नलगाउने निर्णय लिएको पक्षलाई उपेक्षा गरिएको र विधान एकपटक अध्ययनसम्म गर्न नदिई जबर्जस्ती अनुमोदन गराइएको आरोप लगाए । कान्तिपुर दैनिकमा खबर छापिएको छ …

पुरा पढ्नुहॊस »

रौतहटबाट पक्राउ परेका सिके राउतसँग सरकारले वार्ता नगर्ने

काठमाडाैं । असन्तुष्ट समूहसँग वार्ताको तयारीमा रहेको सरकारले सिके राउतसँग भने वार्ता नगर्ने भएको छ। सरकारी वार्ताटोलीका संयोजक सोमप्रसाद पाण्डेले सिके राउतका फरक माग भएकाले सो समूहसँग वार्ता नगरिने बताए । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ। राउत आइतबार रौतहटबाट पक्राउ परेका छन्। ‘सिके राउतले छुट्टै देश मागेको छ, छुट्टै राष्ट्रिय गान छ, कुनै झन्डा मागेको छ,’ पाण्डेले भने, ‘त्यसैले सिके राउत वार्ता गर्ने समूहभित्र पर्दैन, हामी वार्ता पनि गर्दैनौँ ।’ …

पुरा पढ्नुहॊस »