News desk

‘जलवायु परिवर्तनको दौडमा हामी विफल हुने खतरा छ’ : राष्ट्रसंघ महासचिव

स्विट्जरल्याण्ड । विश्वले जलवायु परिवर्तनविरुद्धको दौडमा हार्ने अवस्था आएको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले बताएका छन् । बिहीबार स्विट्जरल्याण्डको डाभोसमा भइरहेको विश्व आर्थिक मञ्चअन्तर्गत ‘विश्वका नेताहरूको अनौपचारिक’ भेलामा बोल्दै उनले विश्वका सरकारहरूले जलवायु परिवर्तनबाट आउनसक्ने विनासकारी तापमान वृद्धिलाई रोक्न साहसी कदम चाल्नुपर्ने बताए । जलवायु परिवर्तन हाम्रो समयको जटील समस्या भएको छ । हामीले जलवायु परिवर्तन समस्या समाधान गर्ने दौडमा हारको सङ्घारमा पुगेका छौँ । उनले भने “जलवायु परिवर्तनबारे विश्वमा …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकद्वारा सुनसरी जिप्रकालाई सहयोग

काठमाडाैँ । एनआईसी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुनसरी जिल्ला प्रहरी कार्यालयलाई सडक सुरक्षा र जनचेतनासम्बन्धी सामाग्री हस्तान्तरण गरेको छ। बैंकले सडक सूरक्षा सचेतनामुलक सूचनासहितका १४ थान सडक सुरक्षा सामाग्रीहरु हस्तान्तरण गरेको हो। ती सामाग्रीहरु सडकमा सवारी जाँचमा प्रयोग हुने बैंकले जनाएको छ।  एनआईसी एशिया बैंकका उप प्रादेशिक कार्यालय कोशीका प्रमुख लक्ष्मण चालिसेले जिल्ला प्रहरी कार्यालयका अधिकारीहरुलाई सडक सुरक्षा र जाँच कार्यमा सहयोग हुने सामाग्रीहरु हस्तान्तरण गरे। देशभर दुई …

पुरा पढ्नुहॊस »

आठ महिनासम्म पनि किन टुंगिएन नेकपाको एकीकरण ?

काठमाडाैँ । तीन महिनाभित्र पूर्णता दिने घोषणासहित अघि बढेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकीकरण आठ महिनासम्म टुंगिन सकेको छैन । ३ जेठमा एकीकरण घोषणालगत्तै भदौ पहिलो साताभित्र पार्टीका सबै संगठन र तहमा एकता टुंग्याउने भनिए पनि चारवटा कार्यदल बनेर काम गर्दासमेत अल्झिरहेको छ। अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपालको समूहगत सन्तुलन मिलाउने गरी १२ पुसमा स्थायी समिति बैठकले गठन गरेको ९ सदस्यीय शक्तिशाली कार्यदलसमेत अलमलमै …

पुरा पढ्नुहॊस »

निकिता पौडेललाई प्रश्नः तपाईंलाई रवि लामिछानेको के कुराले लोभ्यायो?

काठमाडाैँ । सञ्चारकर्मी रवि लामिछानेले २५ वर्षे वैवाहिक सम्बन्ध टुंग्याएलगत्तै चललचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग कोर्ट म्यारिज गरेको खबरले अहिले बजार तातिएको छ।  उनीहरूका सम्बन्धबारे जनचासो बढेको छ। यसै सन्दर्भमा महेश तिमल्सिनाले निकिता पौडेलसँग लिएकाे अन्तर्वार्ता आजको साप्ताहिकले छापेको छ। रवि लामिछानेसँग कहिलेदेखि प्रेममा पर्नुभयो? हाम्रो चिनजान भएको ९ महिना भयो। तर विवाह गर्ने निर्णयमा पुगेको चाहिँ त्यस्तै तीन महिना भयो। विवाह गर्ने निर्णयमा कसरी पुग्नुभयो? हामी दुवै जनालाई राम्रोसँग चिन्ने एक जना दाई हुृनुहन्थ्यो। …

पुरा पढ्नुहॊस »

अब मेलेसिया जान पनि सोर्स लाउनुपर्ने अवस्था आएको हो ?

काठमाडाैँ । रोजागारीका लागि मलेसिया जान करिब १० हजार नजाले कलिङ भिसा प्राप्त गरे पनि वैदेशिक रोजगार विभागले २० जनालाई मात्र श्रम स्वीकृति दिएको छ।  नौ महिनादेखि मलेसिया रोजगारी खुल्ने पर्खाइमा रहेकामध्ये २० जनालाई मात्र विभागले श्रम स्वीकृति दिएपछि बाँकीले सरकारी निकायले विभेद गरेको भन्दै आक्रोश पोखेका छन्। यो खबर आजको नागरिक दैनिककाे आर्थिक अंकमा रुद्र खड्काले लेखेका छन्। ‘सरकारले किन मलेसिया रोकेको थियो र अहिले किन २० जनालाई मात्र श्रम स्वीकृति दियो प्रष्ट पार्नुपर्छ,’ …

पुरा पढ्नुहॊस »

चेल्सी काराबाओ कप फुटबलको फाइनलमा प्रवेश

काठमाडौं । चेल्सी काराबाओ कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा टोटेनह्यामलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराउँदै चेल्सी उपाधि नजिक पुगेको हो । घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा चेल्सीले टोटेनह्यामलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । तर, पहिलो लेगमा चेल्सीले टोटेनहमसँग १–० को हार व्यहोरेको कारण खेल समग्रमा २–२ गोलको बराबरी भएको थियो । त्यसपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टी सुटआउटमा भने …

पुरा पढ्नुहॊस »

सांग्रिला डेभलपमेन्ट बैंक र एशियन लाइफबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र एशियन लाइफ ईन्स्योरेन्सबीच बैंकास्योरेन्स  सम्बन्धि सम्झौता भएको छ । बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र ईन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार उक्त ईन्स्योरेन्स कम्पनी बाट बैंकका कर्मचारी, शेयरधनी समुह र ग्राहकहरुले बैंकको हालै सञ्चालनमा रहेका ७७ वटै शाखाबाट एशियन लाइफ ईन्स्योरेन्सको ले प्रदान गर्ने सेवा लिन सक्ने छन् । हरेक शाखाबाट बैंकिङ्ग …

पुरा पढ्नुहॊस »

अब सिभिल बैंकबाट पनि जनरल इन्स्योरेन्सको बीमा सेवा

काठमाडौँ । सिभिल बैंक लिमिटेडले वीमा सेवालाई विस्तार गर्ने उद्देश्यले जनरल इन्स्योरेन्स कम्पनी नेपालसंग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र जनरल इन्स्योरेन्सका तर्फबाट महाप्रबन्धक एस.के. टामोटले हस्ताक्षर गरे । अब जनरल इन्स्योरेन्सका बीमा सेवालाई विना झन्झट सिभिल बैंकका देशभर छरिएका ७१ शाखाहरु मार्पmत उपलब्ध गरी ग्राहक बर्गलाई प्रत्यक्ष रुपमा लाभान्वित हुने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए । सिभिल …

पुरा पढ्नुहॊस »

गण्डकी बिकास बैंक र सिटिजन्स लाइफबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौँ । गण्डकी बिकास बैंक लिमिटेड र सिटिजन्स लाईफ इन्स्योरेन्स लिमिटेडबीच बीमा व्यवसाय विस्तार गर्ने उद्देश्यले बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार गण्डकी बिकास बैंकका सम्पूर्ण ग्राहकहरुले मुलुकभर फैलिएको ७७ वटै शाखाहरुबाट बीमालेखहरु लिन, बीमाशुल्क भुक्तानी गर्न तथा बीमा दाबी भुक्तानी सुविधाहरु उत्कृष्ट सेवासहित सरल एवम् सुलभ तरिकाले बैंकका सम्पूर्ण शाखाहरु मार्फत प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर …

पुरा पढ्नुहॊस »

अब राष्ट्रिय वाणिज्य बैंक ७७ वटै जिल्लामा, वडासम्म जान रक्षामन्त्रीको सुझाव

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक ७७ वटै जिल्लामा पुग्ने पहिलो बाणिज्य बैंक बनेको छ । राष्ट्रिय वाणिज्य बैंक ५४ औं वार्षिकोत्सब समारोहमा कार्यवाहक प्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलले सम्बृद्ध नेपाल सुखी नेपाली अभियानको सफलताको लागि सवै स्थानीय तहमा मात्र नभई हरेक वडा वडामा बैंकको शाखा पुग्नुपर्ने बताए । उनले बैंकहरुले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम विपन्नवर्ग, उत्पादनशील क्षेत्र तथा पूर्वाधार र युवा स्वरोजगारकोे क्षेत्रमा प्राथमिकताका साथ कर्जा लगानी गर्नुपर्ने …

पुरा पढ्नुहॊस »