‘द कपिल शर्मा शो’ लिएर फेरि फर्कदै कमेडियन कपिल

काठमाडाैं । टेलिभिजनको चर्चित शो ‘द कपिल शर्मा शो’ एकपटक फेरि सुरु हुँदैछ । यस पटकको शो मा पनि चर्चित कमेडियन कपिल शर्मा कमेडीमार्फत दर्शकहरुलाई मनोरञ्जन दिनेछन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार दिपावलीको अवसरमा यो शोको सुरुवात हुनेछ ।  केही समय अघिदेखि गायब भएका कमेडियन कपिल शर्मा फेरी दर्शकमाझ फर्कने चर्चा हुँदै आएको थियो । कपिल शर्माले ट्वीटमार्फत उनको सुपरहिट शो ‘द कपिल शर्मा शो’ लिएर फर्कन लागेको जानकारी दिएका छन् । उनले लेखेका छन् ‘छिट्टै फर्कदै छु ‘द कपिल शर्मा शो’ लिएर । केबल तपाईंहरुका लागि सोनी टीभीमा ।’

साथै अहिले उनी पञ्जाबी फिल्म ‘सन अफ मन्जीत’ को प्रमोशनमा लागेका छन् । यस फिल्मको प्रमोशनको कार्यक्रममा समेत कपिलले भनेका छन् ‘हामी सोनी टिभिका साथ योजना बनाइरहेका छौं । यो शो दिपावलीको अवसरमा सुरु हुनेछ ।’ कपिल शर्माले टेलिभिजनमार्फत दर्शक माझ फर्किरहेको जानकारी दिएसँगै सामाजिक सञ्जालमा दर्शकहरुले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् ।  तर उनको यस शोमा कुन–कुन कलाकारहरु हुनेछन् भन्ने कुराको खुलासा भने हुन बाँकी नै छ ।

‘द कपिल शर्मा शो’ का चर्चित पात्र ‘गुत्थी’ अर्थात सुनील ग्रोवरले आफू अहिले फिल्ममा व्यस्त रहेकाले केही भन्न नसक्ने जवाफ दिएका छन् । कमेडीमार्फत दर्शको मन जितेका कपिल शर्मा एकाएक विवादमा मुछिएका थिए । साथै उनी आफ्नो स्वास्थ्य खराब रहेको भन्दै टेलिभिजनबाटै टाढिएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रहरी प्रवक्ता कार्कीको ‘दशैँ रमाइलो’मा दीपाश्री, प्रियंका र सरोज

काठमाडौं । नेपाल प्रहरीका प्रवक्ता डिआइजी दानबहादुर कार्कीको दशैँ गीत ‘दशैँ रमाइलो’ सार्वजनिक भएको छ …

प्रतिकृया दिनुहॊस

This will auto close after