News desk

काठमाडौँ उपत्यकामा चल्ने मेट्रो रेल निर्माण प्रक्रिया सुरु, विश्वव्यापी बोलपत्र आह्वान

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकामा मेट्रो रेल निर्माणको प्रक्रिया अगाडि बढाएको छ । सातदोबाटो–रत्नपार्क–महाराजगञ्ज (नारायणगोपाल चोक) जोड्ने प्रस्तावित उक्त मेट्रो रेल निर्माणखण्डको विस्तृत् परियोजना प्रतिवेदन (डीपीआर) निर्माणका लागि विश्वव्यापी बोलपत्र आह्वान गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको रेल विभागका प्रवक्ता अमन चित्रकारले प्रस्तावित मेट्रो रेल निर्माणका लागि रेल विभागले विश्वव्यापी (ग्लोबल) बोलपत्र आह्वान गरेको जानकारी दिए । बोलपत्र भर्ने अन्तिम मिति फागुन १२ गते (२४ फेब्रुअरी) सम्म …

पुरा पढ्नुहॊस »

मेरो माइक्रोफाइनान्सको मुनाफामा ७९ प्रतिशतले वृद्धि

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (Mero Microfinance Bittiya Sanstha Ltd.) ले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासमा खुद मुनाफा ६ करोड १८ लाख रुपैयाँ कमाउन सफल भएको छ जुन गत वर्षको सोहि अवधिको तुलनाभन्दा ७९ दशमलव ०७ प्रतिशतले वृद्धि गरेको हो । बैंकले गत वर्षको सोहि अवधिमा मुनाफा ३ करोड ४५ लाख रुपैयाँ कमाएको थियो । ३२ करोड ८९ लाख रुपैयाँ चुक्ता पूँजी भएको माइक्रोफाइनान्सले जगेडाकोषमा १३ …

पुरा पढ्नुहॊस »

यी हुन् अनारका फाइदा

काठमाडाैँ । नियमित अनार खाँदा शरीरमा रगतको मात्रा बढ्छ । -अनारमा पाइने एन्टिअक्सिडेन्टले रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्छ । त्यसैले, मधुमेहका बिरामीका लागि अनार लाभदायक छ । -अनारको जुसले रक्तचाप सन्तुलित बनाउन मद्दत गर्छ । यसले रगत पातलो बनाउनुका साथै रक्तबाहिनी नलीमा हुने सुजनसमेत कम गर्छ । -यसले शरीरमा हुने विकारयुक्त वस्तु बाहिर निकाल्न सहयोग गर्छ । साथै, प्रतिरक्षा प्रणालीमा सुधार ल्याउँछ । -पाचन प्रणाली राम्रो बनाउनुका साथै रगतमा डब्लुबिसीको मात्रा पनि बढाउँछ । अनारमा पाइने सेच्युरेटेड एसिडका …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंक १३ औं वर्षमा प्रवेश

काठमाडौं । ग्लोबल आइएमई बैंकले १३ औं वर्षमा प्रवेश गरेको छ । १२ औं वर्षिकोत्सवमा “बचत गरौँ” भन्ने मूल नाराका साथ प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । राजधानीमा वित्तीय साक्षरता जगाउने उद्धेश्यले प्रभातफेरी कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, संचालक समिति प्रमुख कार्यकारी अधिकृत लगायत उपत्यकामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो । प्रभातफेरी कार्यक्रम बैंकको कान्तिपथ शाखादेखि सुरु भएर दरबारमार्ग, घण्टाघर, रत्नपार्क, शहिदगेट, न्यूरोडगेट, वीर हस्पिटल,जमल हँुदै पुनः कान्तिपथ शाखामा नै …

पुरा पढ्नुहॊस »

युनिभर्सल पावर कम्पनीको आइपिओ बिकेन, तीन पटक थपियो म्याद तर अवस्था उस्तै

काठमाडौं । युनिभर्सल पावर कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन आइतबारसम्म मात्र हुने भएको छ । तर सो कम्पनीको शेयर हालसम्म मात्रे १३.८५ प्रतिशत मात्रै बिक्री भएको छ । आइतबार बैंकिङ समयपछि आईपीओ निष्कास बन्द हुने निष्कास तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयबासिन्दालाई रु २१ करोड बराबरको २१ लाख ३५० कित्ता आईपीओ निष्कासन गरेको हो । अझै कम्पनीको ८६.४३ प्रतिशत बराबरको शेयर बिक्री …

पुरा पढ्नुहॊस »

कर्णाली प्रदेशका दुई जिल्लाका नागरिकलाई हवाई भाडामा छुट

कालिकोट ।  सडकले नछोएका कर्णाली प्रदेशका दुई जिल्लाका नागरिकहरूले हवाई भाडामा छुट पाउने भएका छन्। सडक सञ्जालले नछोएका कर्णाली प्रदेशका डोल्पा र हुम्ला जिल्लाका नागरिकहरूले हवाई भाडामा छुट पाउने भएका हुन्। कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले डोल्पा र हुम्ला जिल्लाका ६० वर्षमाथिका जेष्ठ नागरिक र पूर्ण रुपमा अपाङ्गता भएका नागरिकलाई हवाइ टिकटमा एक हजार सहुलियत दिन शुरु गरेको छ। कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमा नै डोल्पा र …

पुरा पढ्नुहॊस »

जिरी पुग्ने आन्तरिक पर्यटकको लागि विशेष छुट

दोलखा । पर्यटकीय ठाउँ जिरी नगरपालिका पुग्ने आन्तरिक पर्यटकको लागि विशेष छुट सहितको प्याकेज ल्याइएको छ । उद्योग वाणीज्य संघ जिरी शाखाको अगुवाईमा बसेको जनप्रतिनिधि, होटल व्यवसायी सहितको बैठकले जिरी पुग्ने आन्तरिक पर्यटकको लागि कोठा भाडामा ५० प्रतिशत छुट दिइने निर्णय गरिएको हो । यो योजना माघ १५ गतेदेखि सुरु भई बैशाख पहिलो हप्तासम्म लागू हुनेछ । बस्नमा ५० प्रतिशत छुट दिने निर्णय गरिए पनि खानामा भने विशेष छुट दिने …

पुरा पढ्नुहॊस »

आइतबारका लागि विदेशी मुद्राको सटही दर यस्तो छ

काठमाण्डौ । आइतबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ५९ पैसा र बिक्रीदर ११४ रुपैयाँ १९ पैसा तोकेको छ । साउदी रियाल १ को खरिददर ३० रुपैयाँ २९ पैसा र बिक्रीदर ३० रुपैयाँ ४५ पैसा तोकिएको छ । आज आइतबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २० पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा तोकिएको छ । यस्तै युएई दिर्हामको भाउ एकको खरिददर ३० रुपैयाँ ९२ …

पुरा पढ्नुहॊस »

नेविसंघद्वारा प्रधानमन्त्री ओलीको पुत्ला दहन

काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्दै उनको पुत्ला दहन गरेको छ । चिकित्सा शिक्षा विधेयक संसदबाट पास गरेको विरोधमा नेविसंघका कार्यकर्ताहरुले आइतबार बिहान राजधानीको पशुपति क्याम्पस अगाडि प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन् । चिकित्सा विधेयक संसदबाट जबरजस्ती पास गरेको भन्दै प्रतिपक्ष दल नेपाली कांग्रेस सरकारसँग क्रूद्ध बनेको छ । माउ पार्टीले आन्दोलनको चेतावनी दिइरहेका बेला नेविसंघले आइतबार सरकारलक्षित विरोध कार्यक्रम …

पुरा पढ्नुहॊस »

बिहान केहीबेर अवरुद्ध त्रिभुवन विमानस्थल खुल्यो

काठमाडौं । आइतबार बिहान केहीबेर अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । मौसममा आएको खराबीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सबै उडान आइतबार बिहान केहीबेर अवरुद्ध बन्न पुगेको थियो । टाढाबाट आएका विमानहरु नजिकको एयरपोर्टमा डाइभर्ट गरिएको थियो भने नजिकका एयरपोर्टबाट काठमाडौं हुने उडान रोकिएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले बिहान केहीबेर अवरुद्ध बन्न पुगेको उडान–अवतरण सञ्चालनमा आएको जनाएको छ ।

पुरा पढ्नुहॊस »