एनएमवि बैंक र कर्जा बजारबीच सम्झौता, कर्जा सम्बन्धि सम्पूर्ण जानकारी लिन सकिने

काठमाडौं । एनएमवि बैंक र कर्जा बजारबीच सम्झौता भएको छ । उक्त सम्झौताअनुसार इच्छुक ग्राहकले सजिलै एनएमबि बैंकको कर्जा सम्बन्धी सम्पूर्ण जानकारी लिन सक्नेछन् ।

कर्जा बजार तथा एनएमवि बैंकबीच एक कर्जा जानकारी दिने विषयमा सम्झौता भएको हो । उक्त सम्झौता अनुसार इच्छुक ग्राहकले सजिलै एनएमबि बैंकको कर्जा सम्बन्धी सम्पूर्ण जानकारी लिन सक्छन । ग्राहकले कर्जा बजारबाट कर्जाका लागि आवश्यक प्रक्रिया सुरु गरेर कर्जाको अवस्था पनि बुझ्न सक्ने जनाइएको छ । यो सुविधा एनएमबि भिषा क्रेडिट कार्डमा पनि उपलब्ध छ । इच्छुक ग्राहकले बैंकको रिटेल कर्जा (घर कर्जा, गाडी कर्जा, शैक्षिक कर्जा आदी) सम्बन्धी विभिन्न सुविधा, ब्याजदर र कर्जाको अवधिको बारेमा बजारमा उपलब्ध कर्जा सुविधासंग तुलना गर्न पनि सक्नेछन । सम्झौतामा एनएमबि बैंकका चिफ विजनेस अफिसर गोविन्द घिमिरे र कर्जा बजारका तर्फबाट फोनिक्स क्यापिटल का निर्देशक युरोपमान श्रेष्ठले हस्ताक्षर गरेका हुन । कर्जा बजारसंगको सम्झौताले ग्राहकलाई रिटेल कर्जा प्रक्रिया सहज हुने बैंकको भनाई छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

धितोपत्र बोर्ड कर्मचारी युनियनको अध्यक्षमा ढुंगाना

काठमाडौं । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको नयाँ कार्यसमिति गठन भएको छ । नयाँ कार्यसमितिको …

प्रतिकृया दिनुहॊस