एनसिसी बैंकको ५०% हकप्रद भर्ने अन्तिम दिन आज

काठमाडाैं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसी) बैंकले निष्काशन गरेको हकप्रद भर्ने समय आज सकिँदैछ । बैंकले भदौ ७ गतेदेखि हकप्रद निष्काशन निष्कासन गरेकोमा गत असोज ७ गतेबाट १५ दिन म्याद थप गरेको थियो ।

बैंकले साउन १५ गतेसम्म कायम शेयरधनीहरुको लागि चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद निष्काशन गरेको छ । प्रति शेयर एक सय रुपैयाँको दरमा २ करोड ३३ लाख कित्ता हकप्रद निष्काशन गरिएको छ । हकप्रद आवेदनको लागि सनराइज क्यापिटल कमलपोखरी, बैंकको सम्पुर्ण शाखा कार्यालयहरु, आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट पाइनेछ ।

बैंकको हालको चुक्ता पूँजी ४ अर्ब ६७ करोड रुपैयाँ रहेको छ भने हकप्रदपछि ७ अर्ब एक करोड रुपैयाँ पुग्नेछ । हकप्रद निष्काशनपछि बैंकले चुक्ता पूँजीको १४.०१ प्रतिशत बोनस शेयर दिने घोषणा गरिसकेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घट्यो

काठमाडौं । चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, …

प्रतिकृया दिनुहॊस

This will auto close after