मदिरा नियन्त्रणमा बझाङ प्रहरीको एक्सनः ६७ सय लिटर अवैध मदिरा नष्ट

पार्वती ऐडी
बझाङ । हिमालली जिल्ला बझाङ्गमा खाद्यान्न अभाबमा ग्रामीण भेगका जनताहरुलाई सकस परिरहेको हुन्छ तर, सदरमुकाम चैनपुरमा बस्दै आएका कोहि ब्यक्तिलाई भने ठूलो परिणामको खाद्य कुहाएर लोक्कल तथा घरेलु अबैध मदिरा उत्पादन गदै आएका छन् ।

जिल्ला सदमुकामको यस्तो अवस्थालाई नियन्त्रण गर्न प्रहरीले पनि पछिल्लो समय सक्रियता बढएको छ । आईतबार वडा प्रहरी बिटका प्रहरी नायब निरिक्षक विरेन्द्र सिंह कार्कीको नेतृत्वमा खटेको टोलीले जयपृथ्बी नगरपालिका वडानं १० भित्रका विभिन्न होटलहरुमा छापा मार्यो । अबैध घरेलु मदिराको ठूलो मात्रामा परिणाम देखिन थालेपछि जिल्ला प्रहरी कार्यालयबाट थप टोली खटिएर सदरमुकाम चैनपुर र आसपासका क्षेत्रहरुबाट छापा मार्दा ६ हजार ७ सय लिटर अबैध घरेलु मदिरा बरामद गर्यो । मरामद गरिएको मदिरा आएतबार राती नै नष्ट गरीएको प्रहरी नायब उपरीक्षक प्रवीण धितालले जानकारी दिए । उनका अनुसार आईतबार दिउसो ५ बजेदेखि वडा प्रहरी कार्यालय विटबाट प्रहरी नायब निरीक्षक बिरेन्द्र सिंह कार्की र जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी नायब निरीक्षक राम सिंह बोहरा नेतृत्वको टोलीले बजारका बिभिन्न टहरा होटलमा छापा मार्दा अवैध मदिरा बरामद भएको थियो । ‘यो अबैध मदिरा उत्पन्न हुने स्थानमा पनि छापा मारेर बरामद गर्नु पर्र्छ भन्ने योजना प्रहरीले बनायो ।’ उनले भने, ‘साढे ६ बजे मष्टा गाउपालिका १ सम्देउ –पुरीगाँउमा छापा हानी ठूलो परिणामा अबैध घरेलु मदिरा बरामद गरी नष्ट गरिएको छ ।’

छापा मार्दा सदरमुकाम चैनपुरबाट ४ सय लिटर, भोपुर बजार देखि ५ लिटर, डुङ्गी बजार देखि ८ सय ५० लिटर र घरेलु मदिरा उत्पन्न गर्ने स्थान सम्देउ पुरीगाउँबाट ५ हजार ४ सय४५ लिटर घरेलु अबैध मदिरा बरामल गरिएको हो । प्रहरी नायब उपरिक्षक प्रबिण धिताल जिल्लामा आएको केहि दिनमै जिल्लामा हुदै गरेका अनैतिक कार्यहरुका न्यूनिकरणमा सक्रियता बढ्दै गएको छ । उनी आएको एक सातामै ९ जना जुवाडे प्रकाउ गरी मुद्धा चलाएको छ भने १९ किलो लागु औषध चरेशसहित शिक्षिका र विद्यार्थी पक्राउ परेका छन् । यसैबीच मदिरा बरामद गर्ने क्रम्मा पुरीगाउँमा स्थानीयको ढुङ्गा प्रहारबाट एक जना प्रहरी जवान घाइते भएका छन् । प्रहरी जवान बिनोद क्षेत्रीको टाउकोमा ढुङ्गा लागेर घाइते भएका हनु् । उनका जिल्ला अस्पताल बझाङ्गमा उपचार हुन नसकेपछि जिल्ला बाहिर रेफर गरिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

त्रिभुवन विमानस्थलभित्र कार दुर्घटना, महिला गम्भीर

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सडकमा कार दुर्घटना भएको छ । बिहान करिब ८ बजे …

प्रतिकृया दिनुहॊस