नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकको नाफा ६ महिनामा १ करोड ५९ लाख

काठमाडाैँ । ५३ करोड १६ लाख ५८ हजार रुपैयाँ चुक्तापूँजी रहेको नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा १ करोड ५९ लाख २३ हजार रुपैयाँ मुनाफा कमाएको छ । बैंकको गत आर्थिक वर्षको सोही अवधिको भन्दा १७ दशमलव ४५ प्रतिशतले नाफा घटेको हो । गत आथिक बर्षको सोही अवधिमा बैंकको मुनाफा १ करोड ९२ लाख ९१ हजार रुपैयाँ  रहेको थियोे । सम्भावित नोक्सानीको लागी करीब ३ करोड रुपैयाँ छुट्याको कारण बैंकको खुद मुनाफा घटेको हो ।

आम्दानी तथा खर्च
बैंकले प्रकाशित गरेको तथ्याङ्क अनुसार ६ महिनामा ब्याज आम्दानी २० करोड ५ लाख ८७ हजार रुपैयाँ गरेको छ । त्यस्तै ब्याज भुक्तानी १२ करोड ४० लाख ६८ हजार रुपैयाँ गरेको छ । यस अनुसार बैंकको खुद ब्याज आम्दानी ७ करोड ६५ लाख १८ हजार रुपैयाँ हुन जान्छ ।

निक्षेप तथा कर्जा 
बैंकले पुष मसान्त सम्ममा ३ अर्ब १४ करोड १० लाख ३६ हजार रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ८४ करोड ४४ लाख ४९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले गत वर्षको दोस्रो त्रैमासमा भन्दा निक्षेप ५९ दशमलव २८ प्रतिशतले बढेको छ । तर यो अवधिमा बैंकले कर्जा लगानी ६० दशमलव ८३ प्रतिशले बृद्धि गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले १ अर्र्ब ९७ करोड १९ लाख ६७ हजार रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ७६ करोड ८५ लाख ६८ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।

सूचकहरु
बैंकको पूँजी कोष अनुपात १७ दशमलव ६१ प्रतिशत, खराव कर्जा १ दशमलव ४७ प्रतिशत र सीसीडी रेसियो ७६ दशमलव १० प्रतिशत, आधार ब्याजदर १२ दशमलव ७७ प्रतिशत, प्रतिशेयर नेटवर्थ १ सय ७ रुपैयाँ ७६ पैसा र प्रतिशेयर आम्दानी ५ रुपैयाँ ९९ पैसा रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंकको सूचना अधिकारीमा नारायण राज अधिकारी नियुक्त

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सूचना अधिकारीमा नारायण राज अधिकारी नियुक्त भएका छन् । …

प्रतिकृया दिनुहॊस