News desk

जाजरकोट जीप दुर्घटना अपडेट : एकै वडाका आठसहित १२ को मृत्यु

काठमाडाैँ । जाजरकोटको छेडागाड नगरपालिकामा बोलेरो जीप दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी एकै वडाका आठ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा चालक भगवतीमाई गाउँपालिका–२ दैलेखका मानबहादुर रावत, सहचालक सोही पालिका वडा नं ३ का वीरेन्द्र केसी र अम्मर खड्का रहेका छन् । त्यसै गरी जारजरकोट छेडागाड नगरपालिका–५ का दीपक अधिकारी, नैनसरा अधिकारी, जैकुवरा बुढा, रामबहादुर बुढा, देवीसरा बुढा, अमर अधिकारी, निशा अधिकारीको मृत्यु …

पुरा पढ्नुहॊस »

फाइनल प्रवेशका लागि आज अर्जेन्टिना र क्रोएसिया भिड्दै

काठमाडौं । विश्वकप फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो खेल आज हुँदैछ । पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियाको सामना गर्दैछ । लुसेइल स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ मा शुरु हुनेछ । आजको खेलमा जित निकाल्दै क्रोएसिया लगातार दोस्रो संस्करणमा फाइनल पुग्ने योजनामा हुनेछ । सन् २०१८ को विश्वकपमा क्रोएसिया फाइनल खेलमा फ्रान्ससँग पराजित भएको थियो । यता अर्जेन्टिना सन् २०१४ पछि पहिलो पटक विश्वकपको फाइनलमा स्थान बनाउने योजनामा …

पुरा पढ्नुहॊस »

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३१ रूपैयाँ ७६ पैसा र बिक्री दर १३२ रूपैयाँ ३६ पैसा रहेको छ । युरो एकको खरिद दर १३९ रूपैयाँ १२ पैसा र बिक्री दर १३९ रूपैयाँ ७५ पैसा रहेको …

पुरा पढ्नुहॊस »

राष्ट्रपतिबाट अध्यादेश जारी भए रेशमदेखि आलमसम्म छुट्न सक्ने

काठमाडौं । सरकारले ‘टीकापुर हत्याकाण्ड’ मा दोषी ठहर रेशम चौधरी, नेकपा (बहुमत) का नेत्रविक्रम चन्द (विप्लव) र जनमत पार्टी नेतृत्व गरिरहेका सिके राउतलाई ‘सहज’ हुने गरी मुलुकी फौजदारी कार्यविधि संहिता संशोधन गरेर अध्यादेश ल्याएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरिन् भने यसले कानुनी रूप धारण गर्नेछ र राजनीतिक घटनासँग जोडिएका ‘फौजदारी अभियोग’ प्रमाणित भएका सबैले छुट पाउने सक्ने छन् । तर, राष्ट्रपति भण्डारीले भने ‘सो अध्यादेश जारी गर्छिन् …

पुरा पढ्नुहॊस »

पहाडमा आंशिक बदली, तराईमा हुस्सु लाग्ने

काठमाडौं । नेपालमा अहिले उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहेको छ । आज दिउँसो प्रदेश १ को पहाडी भू–भागमा आंशिक बदली रहने छ । राति प्रदेश–१ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहने छ । तराईका केही भू–भागमा बिहानीपख हुस्सु लाग्ने तथा देशका अधिकांश भू–भागमा …

पुरा पढ्नुहॊस »

सुन्धाराको मूल धारा नष्ट गरिएकामा काठमाडौं महानगरको आपत्ति

काठमाडौं। धरहरा पुनःनिर्माणको क्रममा सुन्धारामा पानी पठाउने मूलधारा नष्ट हुनेगरी डोजर चलाइएको भन्दै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले पत्रकार सम्मेलन गरी आपत्ति जनाएका छन्। काठमाडौंको न्यूरोडस्थित सङ्कटा क्लबमा आज आयोजित पत्रकार भेटघाटमा प्रमुख साहले नेपालको मौलिक कला, संस्कृतिको नमूनाका रुपमा रहेको ऐतिहासिक सुन्धाराको संरचना पुनःनिर्माणका नाममा भत्काउन नहुने र त्यसलाई संरक्षण गरिनुपर्ने आवश्यकतामा जोड दिए। उनले सुन्धारामा निर्माण भइरहेका संरचनाको विरोध गर्नुका साथै त्यहाँ भइरहेका सम्पूर्ण निर्माण कार्य रोक्न सम्बन्धित …

पुरा पढ्नुहॊस »

यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय (सूचीसहित)

काठमाडौं। सरकारले मुलुकी फैजदारी कार्यविधि संहिता पहिलो संशोधन अध्यादेश २०७९ जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त सिफारिस गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए। मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा कार्कीले अहिलेको आवश्यकतालाई मध्यनजर गर्दै अध्यादेश ल्याइएको बताए। यी हुन् अन्य निर्णयः

पुरा पढ्नुहॊस »

विश्वकपको सेमिफाइनल र फाइनलमा छुट्टै बल खेलाइने

काठमाडौं। विश्व फुटबल महासङ्घ (फिफ) ले कतारमा जारी २२औँ फिफा विश्वकप फुटबलको सेमिफाइनल र फाइनलमा छुट्टै बल खेलाउने भएको छ। फिफाले सेमिफाइनल र फाइनलमा खेलाउने बलको नाम ‘अल हिल्मु’ राखेको छ। अरबी भाषमा जसको अर्थ ‘सपना’ हो। फिफाले यस अघिल्लो चरणमा खेलाएको ‘अल रिह्ला’ बलमा जस्तै ‘अल हिल्मु’ बलमा पनि ‘मोसन सेन्सर’ प्रविधि जडान गरिएको जनाएको छ। ‘अल हिल्मु’ बल एडिडास कम्पनीले नै तयार पारेको हो। फिफाले यसअघि समूह चरण, …

पुरा पढ्नुहॊस »

प्रतिनिधिसभाको नतिजा मङ्सिर २९ गते राष्ट्रपतिसमक्ष पेश गरिने

काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधि सभामा निर्वाचित सदस्यहरूको विवरण राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मङ्सिर २९ गते बिहीबार पेश गर्ने तयारी गरेको छ। निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपिलयाले प्रतिनिधिसभाको नतिजा राष्ट्रपति भण्डारीसमक्ष मङ्सिर २९ गते पेश गर्ने जानकारी दिए। उनले प्रतिनिधि सभा सदस्यको निर्वाचनबाट निर्वाचित सदस्यहरूको विवरण मङ्सिर २९ गते राष्ट्रपतिसमक्ष बुझाउने तयारी गरेको र त्यसै अनुसार कार्यहरू भइरहेको बताए। आयोगले राजनीतिक दलले समानुपातिकतर्फ प्राप्त गरेको सिट सङ्ख्या उनीहरूलाई पठाइसकेको छ। …

पुरा पढ्नुहॊस »

स्थानीय तहले जनउत्तरदायी लोकतान्त्रिक अभ्यासलाई सबलीकरण गरेको छः प्रम देउवा

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहमा नयाँ जनप्रतिनिधिले कार्यभार सम्हालेसँगै यसले मुलुकमा जनउत्तरदायी लोकतान्त्रिक अभ्यासलाई थप सबलीकरण गरेको बताएका छन्। गाउँपालिका राष्ट्रिय महासङ्घको तेस्रो महाधिवेशनको उद्घाटन समारोहमा आज उनले अबको प्राथमिकता सङ्घीयता र लोकतन्त्रको आधारस्तम्भका रूपमा रहेको स्थानीय सरकारको सबलीकरण गरी नागरिकमा सुशासन र विकासको अनुभूति गराउने हुनुपर्नेमा जोड दिए। प्रधानमन्त्री देउवाले भने, ‘संविधानको साझा अधिकारको सूचीमा रहेका केही द्विविधा र अस्पष्टतालाई थप स्पष्ट गर्दै सङ्घीयताको सफल कार्यान्वयनमा अघि बढ्न …

पुरा पढ्नुहॊस »