विश्वकपको सेमिफाइनल र फाइनलमा छुट्टै बल खेलाइने

काठमाडौं। विश्व फुटबल महासङ्घ (फिफ) ले कतारमा जारी २२औँ फिफा विश्वकप फुटबलको सेमिफाइनल र फाइनलमा छुट्टै बल खेलाउने भएको छ।

फिफाले सेमिफाइनल र फाइनलमा खेलाउने बलको नाम ‘अल हिल्मु’ राखेको छ। अरबी भाषमा जसको अर्थ ‘सपना’ हो।

फिफाले यस अघिल्लो चरणमा खेलाएको ‘अल रिह्ला’ बलमा जस्तै ‘अल हिल्मु’ बलमा पनि ‘मोसन सेन्सर’ प्रविधि जडान गरिएको जनाएको छ। ‘अल हिल्मु’ बल एडिडास कम्पनीले नै तयार पारेको हो।

फिफाले यसअघि समूह चरण, प्रिक्वार्टर र क्पार्टरफाइनलमा खेलाउँदै आएको ‘अल रिह्ला’ बल पनि एडिडास कम्पनीले बनाएको थियो। फिफाका अनुसार कतार विश्वकपमा प्रयोग भएको बलले यसै संस्करणबाट प्रयोगमा ल्याइएको सेमी–अटोमेटेड अफसाइड प्रविधि र भिएआर प्रविधिलाई समेत थप सघाएको छ।

कतार विश्वकपको सेमिफाइनलमा साबिक विजेता फ्रान्स, साबिक उपविजेता क्रोएसिया, पूर्व विजेता अर्जेन्टिना र नयाँ टोली मोरोक्कोले स्थान बनाएका छन्।

सेमिफाइनलमा मंगलबार राति अर्जेन्टिना र क्रोएसिया तथा बुधबार राति मोरोक्को र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ। एजेन्सी

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मकै गोडिरहेकी झुपाको करेन्ट लागेर मृत्यु

काठमाडौं । रुकुम पश्चिममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका-८ …

प्रतिकृया दिनुहॊस