News desk

स्वर्णिम वाग्ले भन्छन्- भ्रष्टाचारविरुद्ध लेख्ने पत्रकारलाई २५ लाखको पुरस्कार दिन्छौं

काठमाडौं – भ्रष्टाचार विरोधी नागरिकहरूको पहलमा २५ लाख बराबरको पत्रकारिता पुरस्कार स्थापना गरिने भएको छ । चर्चित अर्थशास्त्री डा.स्वर्णिम वाग्लेले मंगलबार भ्रष्टाचारविरुद्ध कलम चलाउने पत्रकारहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले २५ लाख रुपैयाँ बराबरको पत्रकारिता पुरस्कार स्थापना हुने जानकारी गराएका हुन् । ‘मुलुकमा फैलिरहेको चरम भ्रष्टाचारको महामारीविरुद्ध तथ्य र प्रमाणमा आधारित अनुसन्धानात्मक पत्रकारितालाई व्यापक प्रोत्साहन गर्ने उद्देश्यसहित केही चिन्तित नागरिककै पहलमा २५ लाख रुपैयाँको पुरस्कार हामी छिट्टै घोषणा गर्दैछौं,’ वाग्लेले सामाजिक सञ्जालमा …

पुरा पढ्नुहॊस »

कति छ आज तरकारी र फलफूलको भाउ ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार मंलबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी २७५ ररहेको छ । अनार पनि प्रतिकेजी २७५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । अमला ७६ रुपैयाँ ६७ पैसा, अम्बा १४० रुपैयाँ, आभोकाडो २७५ रुपैयाँ रहेको छ । यता अदुवा ५६ रुपैया २५ पैसा, नेपाली ठूलो गोलभेडा ४५ रुपैयाँ, रातो आलु ४६ रुपैयाँ ४० पैसा, सेतो आलु ३९ रुपैयाँ ३३ पैसा, स्थानीय काउली २९ रुपैयाँ, …

पुरा पढ्नुहॊस »

सुनको भाउ घटेर आज प्रतितोला १ लाखमा कारोबार

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला एक लाख तोकिएको छ । अघिल्लो दिन प्रतितोला एक लाख दुई सयमा कारोबार भएको यो सुन आज प्रतितोला दुई सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार पाँच सय छ । यसको मूल्य अघिल्लो दिन ९९ हजार सात सय थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर …

पुरा पढ्नुहॊस »

सुख्खा याम लागेसँगै भारतबाट बिजुली खरिद शुरु

काठमाडौं । बर्खा याममा उत्पादित बिजुली बेच्दै आएको नेपाल विद्युत् प्राधिकरणले हिउँद लागेसँगै बिजुली खरिद गर्न थालेको छ । प्राधिकरणले भारतको खुला बजार (आईआईएक्स)को डे अहेड मार्केटबाट विद्युत् खरिद शुरु गरेको हो । हाल करिब दुई हजार दुई सय मेगावाट जडित क्षमता र पिक डिमान्ड करिब एक हजार छ सय मेगावाट छ । गत मंसिर २१ गतेबाट आयात सुरु गरेको विद्युत् प्राधिकरणले जानकारी दिएको छ । बिहान करिब ३ बजेदेखि …

पुरा पढ्नुहॊस »

विश्वकपपछि नेमारको प्रश्न- ‘हामी कति संगठित भएर खेल्यौँ ?’

काठमाडाैँ । विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलबाट बाहिरिएको ब्राजिलियन स्ट्राइकर नेमार जुनियरले टोलीको प्रदर्शनबारे खुलासा गरेका छन् । नेमारले सोमबार सोसल मिडियामा ब्राजिल कति उपाधिप्रति केन्द्रित र संगठित रूपमा थियो भन्ने प्रश्न गरेका छन् । क्रोएसियासँग पेनाल्टी सुटमा स्तब्ध भएपछि नेमारले आइतबार हार स्वीकार गर्न नसकेको प्रतिक्रिया दिएका थिए । ‘पेनाल्टी सुटआउटमा पराजित भएपछि त्यसबाट म उठ्न सकिनँ,’ नेमारले भने । सोमबार नेमार आक्रामक रूपमा प्रस्तुत भएका छन् । ब्राजिलियनले सबैको भावनाविपरीत प्रदर्शन गरेको नेमारले जनाए । …

पुरा पढ्नुहॊस »

प्रादेशिक संरचनाअनुसार सुन वितरणको व्यवस्था मिलाउन आग्रह

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले प्रादेशिक संरचनाका आधारमा सुन वितरणको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ । महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वको टोलीले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रसँग भेट गरी सङ्घीय सरचनाअनुरुप हुनेगरी सुन वितरणको कार्यविधि संशोधन गर्न आग्रह गरेको हो । हालसम्म पुरानै संरचनाअनुरुप अञ्चलगत रुपमा बनेको कार्यविधिअनुसार सुन वितरण हुँदै आएको र विद्यमान अवस्थामा सो विधि व्यावहारिक हुन नसकेको भन्दै महासङ्घले यथाशीघ्र प्रादेशिकरुपमा सुन बाँडफाँटको …

पुरा पढ्नुहॊस »

गुणस्तरहीन भएको भन्दै दुई प्रकारका आयुर्वेदिक औषधि बिक्रीमा रोक

काठमाडौं । औषधि व्यवस्था विभागले दुई आयुर्वेदिक औषधिमाथि प्रतिबन्ध लगाएको छ । साथै बजारबाट ती औषधि फिर्ता गर्न उत्पादक तथा बिक्रेताहरूलाई निर्देशन दिएको छ । विभागले अम्लपित्तका लागि वैद्यबाट सफारिस हुँदै आएको अविपत्तिकर चूर्ण र निर्मल चूर्ण नामक आयुर्वेदिक औषधिको बिक्रीमा प्रतिबन्ध लगाएको हो । अविपत्तिकर चूर्णलाई गोर्खा आयुर्वेद कम्पनी र निर्मल चूर्णलाई भाष्कर हर्बस्युटिक्ल्सले उत्पादन गर्दै आएका छन् । दुवै कम्पनीले भारतको आयुर्वेदिक फार्माकोपिया, २०१६ मिचेको विभागको ठहर छ …

पुरा पढ्नुहॊस »

एसियन हाइड्रोपावरको आईपीओ आजबाट

काठमाडौं । एसियन हाइड्रोपावर लिमिटेडले आजदेखि आईपीओ निष्काशन गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको १० प्रतिशत अर्थात ३ करोड ४० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ३ लाख ४० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्काशन गर्न लागेको हो । जसमध्ये आयोजना अति प्रभावित क्षेत्र …

पुरा पढ्नुहॊस »

पर्वतका तीन किशोरी बागलुङमा बलात्कृत, तीन युवा पक्राउ

काठमाडाैँ । बागलुङ कालिका मन्दिर घुम्न पुगेका पर्वत कुश्मा नगरपालिका–३ दुर्लुङ्गका तीन किशोरी बलात्कृत भएका छन् । प्रहरीले बलात्कार आरोपमा तीन जना युवा पक्राउ गरेको छ । पर्वतको कुश्माका तीन किशोरी शनिबार राति बागलुङको एक होटलमा बसेका थिए । ती किशोरीहरूलाई सोही होटलमै बसेका तीन युवाले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । पक्राउ पर्नेहरुमा धादिङ घर भएर पोखरा महानगरपालिका–८ बस्ने १९ वर्षीय सन्दीप तामाङ, गुल्मी घर भएर …

पुरा पढ्नुहॊस »

भूमि आयोगले फेरि लालपूर्जा वितरण थाल्ने

काठमाडौं । निर्वाचन आचारसंहिता सकिएसँगै राष्ट्रिय भूमि आयोगले पुनः आफ्नो नियमित काम सुरु गरेको छ । आयोगले लगत संकलन, जग्गा नापजाँच, जग्गाको निस्सा तथा जग्गा धनी प्रमाण पूर्जा वितरणको काम मंसिर २८ गतेबाट सुरु हुने जनाएको हो । आयोगले स्थानीय तहमा पुनः काम सुरु गरिएको जनाएको छ । ४ मंसिरमा भएको आमनिर्वाचनका लागि जारी आचारसंहिता सोमबारबाट सकिसकेको छ । यसअघि आयोगले आचारसंहिता कायमै रहेका बेला पनि लालपूर्जा वितरण गर्नेलगायतका काम …

पुरा पढ्नुहॊस »