जाजरकोट जीप दुर्घटना अपडेट : एकै वडाका आठसहित १२ को मृत्यु

काठमाडाैँ । जाजरकोटको छेडागाड नगरपालिकामा बोलेरो जीप दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी एकै वडाका आठ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा चालक भगवतीमाई गाउँपालिका–२ दैलेखका मानबहादुर रावत, सहचालक सोही पालिका वडा नं ३ का वीरेन्द्र केसी र अम्मर खड्का रहेका छन् ।

त्यसै गरी जारजरकोट छेडागाड नगरपालिका–५ का दीपक अधिकारी, नैनसरा अधिकारी, जैकुवरा बुढा, रामबहादुर बुढा, देवीसरा बुढा, अमर अधिकारी, निशा अधिकारीको मृत्यु भएको छ । त्यस्तै घाइते जैभान अधिकारीको उपचारका क्रम्मा सुर्खेतस्थित प्रदेश अस्पतालमा मृत्यु भएको छ ।

छेडागाड– ६ का वीरबहादुर खत्रीको मृत्यु जिल्ला प्रहरी कार्यालय जाजरकोट प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाले बताए ।
कर्णाली प्रदेश २००१ च ०४२९ नम्को निजी जीप छेडागाड –३ जेवाबाट सोही नगरको वडा नं ४ को लेवातर्फ जाँदै गर्दा दशेराको भिरबाट खसेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मकै गोडिरहेकी झुपाको करेन्ट लागेर मृत्यु

काठमाडौं । रुकुम पश्चिममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका-८ …

प्रतिकृया दिनुहॊस