नेपालको सार्वजनिक ऋण २४ खर्ब नाघ्यो

काठमाडौं । सरकारले तिर्न बाँकी सार्वजनिक ऋण गत जेठ मसान्तसम्म २४ खर्ब ३४ करोड रुपैयाँ पुगेको छ । गत असार मसान्तको तुलनामा यो १ खर्ब ९९ करोड रुपैयाँले बढी हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८०८१ को जेठ मसान्तसम्ममा आन्तरिक ऋण ११ खर्ब ९२ अर्ब ४८ करोड र बाह्यतर्फ १२ खर्ब सात अर्ब ८६ करोड बराबर रहेको छ ।

चालु आवको सुरुआत अर्थात् २०८० असार मसान्तमा कुल सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड बराबर थियो । चालु आवको ११ महिनामा मात्र एक खर्ब ९९ करोड बराबर ऋण थपिएको हो । हालसम्मको कुल सार्वजनिक ऋणमा आन्तरिक ऋणको हिस्सा ४९ दशमलव ६८ र बाह्य ऋणको हिस्सा ५० दशमलव ३२ प्रतिशत छ ।

बाह्य ऋणतर्फ बहुपक्षिण ऋणदातालाई १० खर्ब ७१ अर्ब ११ करोड र द्विपक्षीय ऋणदातालाई एक खर्ब ३६ अर्ब ७४ करोड बराबर तिर्न बाँकी छ । त्यस्तै, आन्तरिक ऋणतर्फ विकास बण्डको दायित्व सबैभन्दा बढी सात खर्ब ६४ अर्ब ९४ करोड बराबर छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

३०० सीमान्तकृत युवाहरूको डिजिटल सशक्तिकरण र रोजगारी दिइने (भिडियोसहित)

काठमाडौं । क्लाउडफ्याक्ट्री नेपालद्वारा स्किल ल्याब एशियासँगको साझेदारीमा ‘क्लाउडफ्याक्ट्री नेपाल डिजिटल सशक्तिकरण अभियान’ सुरुवातको घोषणा …

प्रतिकृया दिनुहॊस