News desk

रास्वपा केन्द्रीय सदस्यमा रमेश प्रसाईं, ज्वाला संग्रौलासहित १६ केन्द्रीय सदस्य मनाेनीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले केन्द्रीय समितिमा १६ जना केन्द्रीय सदस्य थप गरेको छ । सोमबार बसेको पार्टी केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको हो । थपिएका १६ जना केन्द्रीय सदस्यहरूमा निशा मेहता, विन्दवासिनी कंसाकार, रुपा शंकर, विजय जैरु, मेघ आले, मोहनबहादुर थापा, खुस्बुसरकार श्रेष्ठ, टिका संग्रौला ज्वाला, हरि भट्ट, ध्रुब गिरी, लिमा अधिकारी, रमेश प्रसाईं, अर्जुन अधिकारी, क्रान्ति शिखा धिताल, प्रतिभा रावल र गोमा क्षेत्री छन् । करिब …

पुरा पढ्नुहॊस »

भोलिदेखि काठमाडौं उपत्यकाभित्र गाडी नचलाउने यातायात व्यवसायीको घोषणा

काठमाडौं । यातायात मजदुरले भोलिदेखि काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातायात नचलाउने घोषणा गरेका छन् । सोमबार साँझ यातायात मजदुरहरूले विज्ञप्ति जारी गर्दै उपत्यकामा गाडी नचलाउने घोषणा गरेका हुन् । नयाँ बसपार्कको ठेकेदार लोत्से कम्पनीले गुण्डागर्दी गरेको भन्दै मजदुरहरू सडकमा उत्रिएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले बताए। उनीहरूले बालाजु क्षेत्रमा सडकमा गाडी तेर्साएर अवरूद्ध गरेका छन्। राईका अनुसार नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल …

पुरा पढ्नुहॊस »

सरकारले ६ महिनामा उठायो साढे ५६ अर्ब ऋण

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७९-८० को छ महिनामा ५६ अर्ब ४६ करोड ऋण उठाएको छ । सरकारको वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयनका लागि खर्च बेहोर्ने मुख्य स्रोतमध्ये आन्तरिक र बाह्य ऋण परिचालन पनि हुन् । अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको चालु आवको बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदनअनुसार सरकारले पुस मसान्तसम्म ३० अर्ब आन्तरिक र २६ अर्ब ४६ करोड बाह्य ऋण उठाएको छ । चालु आवका लागि सरकारले दुई खर्ब …

पुरा पढ्नुहॊस »

जान डी ब्रान्ट नेपालको भलिबल प्रशिक्षक नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टिमको मुख्य प्रशिक्षकमा बेल्जियमका जान डी ब्रान्ट नियुक्त भएका छन् । अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआईभीबी)को प्राविधिक सहयोगमा उनी राष्ट्रिय टिमको भलिबल प्रशिक्षक नियुक्त भएको नेपाल भलिबल संघ(एनभिए)ले जनाएको छ । ६ महिनाका लागि नेपालको राष्ट्रिय भलिबल टिमको मुख्य प्रशिक्षक रहने उनको कार्यकाल मार्चदेखि अगष्टसम्म रहने एनभिएले जनाएको छ ।  

पुरा पढ्नुहॊस »

२० रुपैयाँ दरका ३१ करोड थान नोट छाप्न ४६ लाख डलरमा चिनियाँलाई ठेक्का

काठमाडौं । नेपाल राष्ट्र बैंकले २० रुपैयाँ दरका ३१ करोड थान नोट छाप्न चिनियाँ कम्पनीलाई ठेक्का दिएको छ । ४६ लाख ९८ हजार ६ सय ८५ अमेरिकी डलरमा उक्त परिमाणको नोट छाप्ने ठेक्का चीनको मा चिनियाँलाई ठेक्का एमएस चाइना बैंकनोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनले पाएको हो । राष्ट्र बैंकले आव्हान गरेको टेन्डर प्रक्रियामा तीनवटा कम्पनी प्राविधिक रुपमा सफल भएका थिए । उक्त चिनियाँ कम्पनीसहित भारत र फ्रान्सको कम्पनी पनि टेण्डरमा …

पुरा पढ्नुहॊस »

नेपालले टर्कीए पठायो २२ टन राहत सामग्री

काठमाडाैं । नेपाल सरकारले टर्किएका भूकम्पपीडितका लागि औषधि, चिकित्सा उपकरण, न्यानो कपडा र अन्य आधारभूत सामग्री राहतस्वरुप पठाएको छ । भूकम्पपीडितका लागि २२ टनभन्दा बढी राहत सामग्रीको पहिलो ढुवानी आज त्यसतर्फ पठाइएको हो । यही ६ फेब्रुअरीमा टर्किएमा गएको विनाशकारी भूकम्पपछि राहत तथा पुनःस्थापना कार्यमा ऐक्यबद्धता जनाउँदै राहत सामग्री पठाउने सरकारले निर्णय गरेको थियो । यसअघि ८ फेब्रुअरीमा परराष्ट्रमन्त्री डा बिमला राई पौड्यालले टर्कीएका समकक्षी मेभलुत काभुसोग्लुसँग टेलिफोन वार्तामा भूकम्पबाट …

पुरा पढ्नुहॊस »

सार्वजनिक बिदाबारे गगन थापा भन्छन्- कार्यकारीको स्वेच्छाचारीको उपज र अराजकता हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले सार्वजनिक बिदालाई निश्चित गर्न र कुनै पनि तहको सरकारले स्वेच्छाचारी ढंगबाट बिदा दिन नपाउने गरी ऐन बनाउन सरकारलाई दबाब बढाउनुपर्ने बताएका छन् । सरकारले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिएपछि कांग्रेसकै नेताहरुबाट पार्टीको धारणा मागिरहेका बेला महामन्त्री थापाले  सार्वजनिक बिदाको नाममा अराजकता भएको बताएका छन् । कांग्रेस नेता मिनेन्द्र रिजालले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई सम्बोधन गरेर सार्वजनिक बिदाबारे कहिले पार्टीको …

पुरा पढ्नुहॊस »

भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आइपिओ आउँदै

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

काठमाडौँ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले साधारण शेयरको निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही फागुन ८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) को बिक्री खुला गर्ने भएको हो । कम्पनीले आफ्नो जारी पुँजी रु ५४ करोड ४० लाख ५३ हजार चार सयको १० प्रतिशत अर्थात् रु पाँच करोड ४४ लाख पाँच हजार तीन सय बराबरका प्रतिशेयर …

पुरा पढ्नुहॊस »

चन्द्रागिरि केबलकारको टिकट आईएमई पेबाट काटे ‘राइड्सहरुमा छुट’

काठमाडाैं । आईएमई पे र चन्द्रागिरि हिल्सवीच फिल द एयर नामक अफर सार्वजनिक गरिएको छ। अफरअनुसार आईएमई पे वालेट एप प्रयोगकर्ताहरूले चन्द्रागिरि केबलकारको टिकट आईएमई पे एपमार्फत काट्नेलाई चन्द्रागिरि हिल्समा रहेको विभिन्न राइड्सहरुमा छुटहरु प्रदान गरिने भएको हो। सीमित समयको लागि मात्र लागु भएको यस अफर मार्फत प्रयोगकर्ताहरुले जिप लाइनिङमा १५ प्रतिशत छुट, स्विङ्स र वाल क्लाइम्बिङ प्रत्येकमा ५० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। हरेक दिन १ भाग्यशाली विजेताले चन्द्रागिरि …

पुरा पढ्नुहॊस »

बसको ठक्करबाट महिलाको ज्यान गएपछि वीरेन्द्रनगर तनावग्रस्त

काठमाडाैं । बसको ठक्करबाट एक महिलाको ज्यान गएपछि सुर्खेतको वीरेन्द्रनगर तनावग्रस्त बनेको छ । वीरेन्द्रनगरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएपछि सोमबार बिहानैदेखि आफन्त र स्थानय आन्दोलनमा उत्रेका छन् । उचित क्षतिपूर्ति र चालकलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका आफन्तहरुले प्रदेश राजधानी वीरेन्द्रनगर बजार बन्द गराएका छन् । आन्दोलनकारीले वीरेन्द्रनगरका मुख्य चोकहरू यरिचोक, मंगलगढी चोक, एयरपोर्ट चोक र बसपार्कमा टायर बालेर सडकअवरुद्ध बनाएका छन् । आन्दोलनका कारण प्रदेश राजधानी वीरेन्द्रनगरमा चल्ने …

पुरा पढ्नुहॊस »