मन्त्रिपरिषद् बैठक बस्दै, राजदूत नियुक्तिको तयारी

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्दैछ । बिहीबार नियमित बस्नुपर्ने बैठक स्थगित गरेर आजका लागि बोलाइएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक अपराह्न चार बजे बस्नेछ । बैठकमा विभिन्न ११ देशका राजदूत नियुक्ति गर्ने तयारी सरकारको छ । बिहीबार बसेको सत्तारुढ प्रमुख तीन दलको बैठकले राजदूतको भागबन्डा टुंगो लगाएको छ ।

बिहीबार साँझ सिंहदरबारमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र गृहमन्त्री रवि लामिछानेबीचको छलफलले हाल खाली रहेको ११ देशको राजदूतमा भागबन्डा टुङ्ग्याएको हो । जसअनुसार सबैभन्दा धेरै एमालेले ८ देशको राजदूत पाउने भएको छ ।

रास्वपाले २ तथा माओवादीले एक देशको राजदूत पाउने गरी सहमति जुटेको छ । तर एकीकृत समाजवादीले समेत राजदूतमा दाबी गरेकाले यसमा केही घटबढ हुन सक्ने बताइएको छ ।

गत जेठ २४ मा मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका, बेलायत, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगल गरी ११ देशको राजदूत फिर्ता बोलाएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मकै गोडिरहेकी झुपाको करेन्ट लागेर मृत्यु

काठमाडौं । रुकुम पश्चिममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका-८ …

प्रतिकृया दिनुहॊस