फाइनल प्रवेशका लागि आज अर्जेन्टिना र क्रोएसिया भिड्दै

काठमाडौं । विश्वकप फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो खेल आज हुँदैछ । पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियाको सामना गर्दैछ । लुसेइल स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ मा शुरु हुनेछ ।

आजको खेलमा जित निकाल्दै क्रोएसिया लगातार दोस्रो संस्करणमा फाइनल पुग्ने योजनामा हुनेछ । सन् २०१८ को विश्वकपमा क्रोएसिया फाइनल खेलमा फ्रान्ससँग पराजित भएको थियो । यता अर्जेन्टिना सन् २०१४ पछि पहिलो पटक विश्वकपको फाइनलमा स्थान बनाउने योजनामा छ । अर्जेन्टिना उक्त संस्करणमा जर्मनीसँग पराजित भएको थियो । त्यसैले आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण रहनेछ । दुई पटकको विश्व विजेत बनेको अर्जेन्टिना तेस्रो उपाधि नजिक पुग्ने योजनामा हुनेछ । अर्जेन्टिनाले सन् १९७८ र १९९६ को विश्वकप जितेको थियो ।

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी पनि अन्तिम विश्वकप यादगार बनाउने योजनामा छन् । मेस्सीका लागि यो विश्वकप अन्तिम मौका हुनेछ । अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने योजना बनाएका मेस्सीले यो विश्वकप उपाधि जित्दै अन्तिम विश्वकपका रुपमा लिने योजना बनाएका छन् ।

यता क्रोएसिया पनि अघिल्लो संस्कणमा गुमको उपाधि यो पटक भने आफ्नो बनाउने योजनामा छ । क्रोएसियाका कप्तान लुका मोड्रिच पनि आफ्नो अन्तिम विश्वकप यादगार बनाउने योजनामा छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दक्षिण अफ्रिका अपराजित रहँदै पहिलो पटक विश्वकपको फाइनलमा, अफगानिस्तान ९ विकेटले स्तब्ध

काठमाडौं । दक्षिण अफ्रिका आइसिसी टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । बिहान सम्पन्न पहिलो …

प्रतिकृया दिनुहॊस