आयुर्वेदलाई अझ अगाडि बढाउन अनुसन्धानमा ध्यान दिनुपर्छ : डा. वसन्त पन्त (भिडियोसहित)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँले ‘औषधिजन्य जडीबुटी मेला’को आयोजना गरेको छ । शनिबार काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा मेला आयोजना गरिएको हो ।

मेलामा जडीबुटीहरूको पहिचान र उपयोगसम्बन्धी जानकारी, रैथाने एवम् लोपोन्मुख बहुमूल्य जडीबुटीहरूको जानकारी, स्वास्थ्य प्रवर्द्धन तथा उपचारका लागि स्थानीय जडीबुटी पहिचान, उपयोग र उत्पादनको जानकारी दिइएको चिकित्सालयकी प्रमुख डा. पुनम नेपालले जानकारी दिइन् ।

मेलाको सुरुमा आयोजना गरिएको औपचारिक कार्यक्रममा बोल्ने वक्ताहरूले आयुर्वेदलाई अझ अगाडि बढाउन अनुसन्धानमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए । वरिष्ठ न्यूरो सर्जन डा. वसन्त पन्तले भारत र चीनको जस्तै नेपालमा पनि आयुर्वेदको अनुसन्धान आवश्यक रहेको बताए । उनले नेपालको आयुर्वेदलाई अनुसन्धान गर्नसके ठूलो टेवा पुग्ने बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मकै गोडिरहेकी झुपाको करेन्ट लागेर मृत्यु

काठमाडौं । रुकुम पश्चिममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका-८ …

प्रतिकृया दिनुहॊस