क्लासिक टेकको भुक्तानी सेल पे वालेटबाट गर्दा बुलेट बाइक जित्न सकिने

काठमाडौं । नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकको भुक्तानी सेल पे वालेटमार्फत गर्दा विभिन्न उपहार जित्न सकिने भएको छ। कम्पनीले बुलेट बाइक सरर, इन्टरनेट टि. भी फरर अफर सार्वजनिक गरेको हो।

अफरमा कम्पनीका नयाँ तथा पुराना ग्राहक वर्गहरुले इन्टरनेट टिभीको सेल पे वालेट बाट भुक्तानी गर्दा एक जनाले बम्पर उपहारअन्तर्गत रोयल इन्फिल्ड क्लासिक ३५० सीसीको बुलेट बाइक जित्न सक्नेछन्।

त्यति मात्र नभई हरेक महिना म्याकबुक, आईप्याड र एप्पल वाच जित्ने अवसर पनि रहेको कम्पनीले जनाएको छ।

उक्त अफरमा पुराना ग्राहकवर्गका लागि रिचार्ज अफरमा ३२५ एमबीपीएससहित २०० बढी एचडी र एसडी च्यानल रहेको इन्टरनेट टि.भी जसको मात्र रु. ७९९ प्रति महिना साथै नयाँ ग्राहक वर्गका लागि २०० एमबीपीएस इन्टरनेट ३ महिनाको मात्र रु. ३३०० जसमा वाइफाइ ६ राउटरसहितको प्याकेज समेत रहेको कम्पनीले जानकारी गराएको छ।

उक्त अफरहरु आउने कार्तिक मसान्त सम्म मात्र रहेको पनि कम्पनीले बताएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जेबिएनएल सेक्यूरिटिज् को प्रथम वार्षिक साधारण सभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोबार …

प्रतिकृया दिनुहॊस