News desk

अरुण खोला दुम्किबास १३२ केभि सवस्टेशन निर्माण प्रक्रिया सुरु

काठमाडाैँ । नवलपरासीपूर्व विनयी त्रिवेणी गाउँपालिकामा सवस्टेशन निर्माणको प्रक्रिया सुरु भएको छ । उक्त गाउँपालिकाको वडानं २ मा निर्माण गरिने अरुण खोला दुम्किबास १३२ केभि सवस्टेशन आयोजनाको लागि जग्गा अधिग्रहणको काम सम्पन्न भएको आयोजना प्रमुख रञ्जननाथ गुरुङले बताए । सवस्टेशन निर्माणका लागि आवश्यक चार बिघा जमिनको मुआब्जा वितरणको काम सकिएको उल्लेख गर्दै उनले एसियाली विकास बैंकको सात मिलियन अमेरिकी डलर सहयोगमा दुई वर्षभित्र निर्माण गरिने हुने यस आयोजनाका लागि ठेकेदार …

पुरा पढ्नुहॊस »

जसपाले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि जसपाले आफ्नो घोषणापत्र सार्वजनिक गर्न लागेको हो । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित होटल एभरेस्टमा एक कार्यक्रमका बीच घोषणापत्र सार्वजनिक गरिने पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बहादुर बस्नेतले जानकारी दिए । सत्ता गठबन्धनसँग असन्तुष्टि जनाउँदै जसपा नेकपा एमालेसँग गठबन्धन गरेर निर्वाचनमा होमिएको छ । …

पुरा पढ्नुहॊस »

ट्वीटरले हटायो आधा कर्मचारी

एजेन्सी । विश्वका धनाढ्य एलन मस्कले लिएपछि ट्वीटरले आफ्ना ७ हजार ५ सय कर्मचारीमध्ये आधालाई हटाएको छ । कम्पनीले ५० प्रतिशत कर्मचारी कटौती गरेको समाचार संस्था एएफपीले जनाएको हो । मस्कले लागत घटाउनको लागि ट्वीटर इंकमा आधा कार्यबल कटौती गर्ने बताउँदै आएका थिए । यसअघि ट्विटरका एक मात्र निर्देशक र सीईओ हटाएर मस्कले आफ्ना अन्य कम्पनीका कर्मचारीहरूलाई सामाजिक सञ्जाल काम गर्न अख्यितार प्रदान गरेको विवरण सार्वजनिक भएको थियो । यसमा …

पुरा पढ्नुहॊस »

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३१ रूपैयाँ ६१ पैसा र बिक्री दर १३२ रूपैयाँ २१ पैसा रहेको छ । युरो एकको खरिद दर १२८ रूपैयाँ ६६ पैसा र बिक्री दर १२९ रूपैयाँ २५ पैसा रहेको छ …

पुरा पढ्नुहॊस »

तीन प्रदेशका पहाडी भू-भागमा वर्षाको सम्भावना

काठमाडौं । अहिले नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ । आज (शनिबार) दिउँसो प्रदेश १, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भू–भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यी स्थानमा राति पनि हल्का वर्षाको सम्भावना रहेको छ । आइतबार देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा …

पुरा पढ्नुहॊस »

यार्सा ल्याब्स स्टार्टअप एण्ड आइडिया फेस्टको पहिलो दिन : सात हजार बढीले गरे अवलोकन

काठमाडाैं । लिभिङ विथ आईसीटीले आयोजना गरेको यार्सा ल्याब्स स्टार्टअप एण्ड आइडिया फेस्टको पहिलो दिन अवलोकनकर्ताको उत्साहजनक सहभागिता भएको आयोजकले जनाएका छन्। इन्फोडेभलपर्स आइसीटी अवार्ड २०२२ इन एशोसिएसन विथ जेनेसको प्रि इभेन्ट क्याम्पियनको रूपमा काठमाडौंको थापागाउँस्थित बानेश्वर बैंक्वटमा स्टार्टअप एण्ड आइडिया फेस्टको पहिलो दिन सात हजार बढीले अवलोकन गरेका छन्। पहिलो दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सचिव वैकुण्ठ अर्याल, पूर्वमन्त्री गणेश साह, नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल, राष्ट्रिय …

पुरा पढ्नुहॊस »

डा. तोसिमाको उम्मेदवारीविरुद्ध निर्वाचन आयोग सर्वोच्चमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी ललितपुर–३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएकी डा. तोसिमा कार्कीको उम्मेदवारीविरुद्ध निर्वाचन आयोगले सर्वोच्च अदालतमा रिट निवेदन दिएको छ । कार्कीको उम्मेदवारी खारेजीको माग आयोगले गरेको छ । यसअघि निर्वाचन आयोगले आफ्नो उम्मेदवारी खारेज गरिदिएपछि डा. कार्की सर्वोच्च गएकी थिइन् । सर्वोच्चले डा. कार्कीको पक्षमा अन्तरिम आदेश दिँदै हाललाई कार्कीको उम्मेदवारी कायमै राखेर निर्वाचनमा जान आयोगलाई आदेश दिएको थियो । तर, अदालतको आदेशका कतिपय व्यवस्थामा असहमती …

पुरा पढ्नुहॊस »

‘तत्काल प्राप्त प्रमाणका आधारमा सन्दीप लामिछाने निर्दोष देखिएनन्’

काठमाडौं – काठमाडौं जिल्ला अदालतले राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई तत्काल प्राप्त प्रमाणहरुका आधारमा निर्दोष मान्न नसकिने ठहर गरेको छ । अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले प्राप्त प्रमाणको आधारमा लामिछाने निर्दोष नदेखिएको आदेश दिएको हो । आदेशमा भनिएको छ, ‘यसरी हेर्दा प्रमाण ऐन, २०३१ को दफा १० अनुसार पीडित र मौकामा कागज गर्ने मानिसहरुले व्यक्त गरेको कुरा प्रमाणमा ग्राह्य हुने अवस्था रहेको र ऐ. ऐनको दफा १८ (ख) …

पुरा पढ्नुहॊस »

बालुवाटारबाट नियन्त्रणमा परेकी निहारिकालाई प्रहरीले छाड्यो

काठमाडौं । बालुवाटारबाट प्रहरी नियन्त्रणमा परेकी कुमारी आमा निहारिका राजपुतलाई छाडिएको छ । काठमाडौं प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार पत्रकार सम्मेलन गर्न पुगेकी उनलाई केही समय नियन्त्रणमा लिएर छाडिएको हो । एसपी मैनालीका अनुसार प्रधानमन्त्री निवास बालुवाटारको ३ नम्बर गेटमा पत्रकार सम्मेलन गर्ने भनेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । कुमारी आमाका रुपमा चिनिएकी निहारिका राजपुतले आरोपीलाई पक्राउ गर्न माग राख्दै बालुवाटार पुग्दा प्रहरीले आफूलाई पक्राउ गरेको बताएकी …

पुरा पढ्नुहॊस »

नेपाल बैंक र दराजबीच सम्झौता

काठमाडाैं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र अनलाइन सपिङ पोर्टल दराज केयमूबीच बैंकमा खाता रहेका ग्राहकहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ। यो योजना यही कात्तिक २५ गतेदेखि मंसिर ३ गतेसम्म लागू हुने बैंकले जनाएको छ। बैंकको ८६ औं वार्षिकोत्सको अवसरमा प्रधान कार्यालयमा भएको उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कँडेल र दराजको तर्फबाट पेमेन्ट तथा पार्टनरसिप प्रमुख अरुण …

पुरा पढ्नुहॊस »