एक्सपेङ जी६ले सुरक्षा जाँचमा पायो युरो एनक्यापको ‘फाइभ स्टार’ रेटिङ

काठमाडौं । चिनियाँ अटो ब्रान्ड एक्सपेङको जी६ एसयूभीले युरो एनक्याप (एनसीएपी) सुरक्षा जाँचमा ‘फाइभ स्टार’ रेटिङ पाएको छ । सन् २०२३ को जुनमा चीनमा सार्वजनिक भएको एक्सपेङको सानो एसयूभी हालै नेपाल भित्रिएको थियो ।

यो सुरक्षा जाँच बच्चा, वयस्क, जोखिमपूर्ण रोड प्रयोगकर्ता र सुरक्षा असिस्टसहित चार तरिकाले गरिएको कम्पनीले जनाएको छ । जसमा जी६ले क्रमशः ८८, ८१ र ७५ प्रतिशत स्कोर पाएको छ ।

एक्सपेङले गाडीको ब्याट्री सुरक्षा प्रमुख प्राथमिकता रहेको बताएको छ । कम्पनीले फाइभ स्टार रेटिङसँगै प्रविधिको प्रयोग गरी उच्च गुणस्तरका सवारीसाधन उपलब्ध गराउन प्रतिबद्ध रहेको बताएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनआईसी क्यापिटलले ५० करोड ७५ लाख भन्दा बढी रकम इकाइधनीलाई वितरण

काठमाडौँ । एनआईसी एसिया क्यापिटल लिमिटेडले एनआईसी एसिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालित सामूहिक लगानी …

प्रतिकृया दिनुहॊस