rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

राष्ट्र बैंकले साढे दुई अर्बको बचतपत्र जारी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले पाँचवर्षे अवधिको नागरिक बचतपत्र जारी गर्ने भएको छ । बैंकले चैत ६ गतेदेखि दुई अर्ब ५० करोडको नागरिक बचतपत्र २०८४ ‘क’ जारी गर्ने भएको हो । बचतपत्रको ब्याजदर ११.५० प्रतिशत रहेको छ भने इच्छुक खरिदकर्ताले फागुन १० गतेदेखि ३० गतेसम्म आवेदन दिन सक्ने राष्ट्र बैंकले जनाएको छ ।

बचतपत्रको ब्याजदर छ-छ महिनामा भुक्तानी हुनेछ भने ब्याज खरिदका लागि रकम बुझाएकै मितिदेखि निष्काशन मितिभन्दा अघिल्लो दिनसम्मको तोकिएको ब्याजदरमा खण्डित अवधिको ब्याज रकम भुक्तानी दिइने बताइएको छ ।

स्टक वा प्रमिसरी नोटका रूपमा बचतपत्र लिन सकिनेछ । स्टक वा प्रमिसरी नोटमध्ये आफूले लिन चाहेको प्रमाणपत्रको किसिम आवेदन फारममा खुलाउनुपर्नेछ । रीतपूर्वक पेश नभई अस्वीकृत भएका आवेदनसाथ जम्मा हुन आएको रकम बिनाब्याज निष्काशन मितिको सात दिनभित्र फिर्ता हुने राष्ट्र बैंकले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

बैंकिङ प्रणालीबाट १ खर्ब तरलता खिच्दै राष्ट्र बैंक

काठमाडौँ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले १ खर्ब रुपैयाँ तरलता खिच्ने …

प्रतिकृया दिनुहॊस