सांकेतिक तस्बिर

मोरङमा बोराभित्र महिलाको शव फेला

काठमाडौं । मोरङको बुढीगंगा-२ अमाहिमा एक महिलाको शव भेटिएको छ । पहिचान नखुलेको अन्दाजी ३५ वर्षीया महिलाको हत्या गरेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

स्थानीय नरसिंह चौधरीको घरमा बोराभित्र हालेको अवस्थामा शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी टीका बहादुर कार्कीले बताए । उनका अनुसार अहिले घटनास्थलमा मोरङ प्रहरीका डिएसपी रञ्जनकुमार दाहालको नेतृत्वमा टोली परिचालन भएको छ । यसबारे अहिले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रसाईंलाई रिहा गर्नुपर्ने मागसहित मुखमा कालो टेप लगाएर प्रदर्शन

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्नुपर्ने माग गर्दै प्रदर्शन भएको छ । प्रसाईंको …

प्रतिकृया दिनुहॊस