एनएमबी बैंकको बुद्ध भिसा कार्डबाट फ्लाइट टिकट किन्दा विशेष छुट

काठमाडौं । एनएमबि बैंकले बुद्ध भिसा डेबिट कार्ड होल्डरहरूको लागि चाडपर्व अफर ल्याएको छ। बुद्ध एयरको वेबसाइटबाट फ्लाइट टिकट काट्दा १० प्रतिशत ‘क्यास ब्याक’, अधिकतम ५ सय रुपैयाँसम्म दिने घोषणा गरेको हो।

चाडपर्वको समयमा बैंकले ग्राहकहरूको यात्रामा सजिलो होस् भन्ने सहकार्यको लागि सो अफर घोषणा गरेको उल्लेख गरेको छ।

यो अफर छठसम्मको लागि लागू हुनेछ, जसले ग्राहकहरूलाई बचतको लाभ लिन पनि प्रोत्साहित गर्ने बैंकको विश्वास छ। थप जानकारीका लागि बैंकको कल सेन्टर ०१५९७०१७० वा नजिकैको शाखामा सम्पर्क गर्न सकिनेछ।

एनएमबी बैंकले हाल देशभर २०१ शाखाहरु, १८७ एटीएमहरु र ११ एक्सटेन्सन काउन्टरहरुमार्फत सेवा प्रदान गर्दै आइरहेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कुमारी बैंकको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंकको १ लाख भन्दा धेरै संस्थापक सेयर लिलामीमा राखिएको छ। बैंकले विभिन्न …

प्रतिकृया दिनुहॊस