नेपाल इन्भेष्टमेन्ट मेगा बैंक भिसा इन्टरनेसनलद्वारा सम्मानित

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) भिसा इन्टरनेसनलद्वारा आयोजित लिडरसिप कन्क्लेभ नेपाल २०२४ मा ‘एक्सिलेन्स इन न्यू पेमेन्ट फ्लोज–इस्युअर’ बाट सम्मानित भएको छ ।

काठमाडौंमा आयोजना भएको ‘भिसा लिडरसिप कन्क्लेभ नेपाल २०२४’ कार्यक्रममा बैंक सम्मानित भएको हो । विगत चार दशकदेखि ग्राहकवर्गलाई गुणस्तर सेवा दिँदै आएको एनआईएमबीले आगामी दिनहरूमा पनि ग्राहकहरूलाई आधुनिक डिजिटल माध्यममा थप सेवा तथा सुविधा दिने प्रतिबद्धता जनाएको छ ।

हाल बैंकको २७४ शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, ७७ वटा शाखारहित बैंकिङ र २६६ वटा एटीएममार्फत सेवा दिँदै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गोकर्णेश्वर नगरपालिकामा कुमारी बैंकको महिला उद्यमी प्रशिक्षण

काठमाडौं । कुमारी बैंकले यूसएडको साझेदारीमा ‘देसैँभरी वर्षैभरी’ उद्यमशिलता विकास एवं प्रवर्द्धनका लागि उद्यमी प्रशिक्षण …

प्रतिकृया दिनुहॊस