प्रसाईंलाई रिहा गर्नुपर्ने मागसहित मुखमा कालो टेप लगाएर प्रदर्शन

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्नुपर्ने माग गर्दै प्रदर्शन भएको छ । प्रसाईंको पक्राउविरुद्ध माइतीघर मण्डलामा मुखमा कालो टेप लगाएर प्रदर्शनकारीले विरोध प्रदर्शन गरेका हुन् ।

लघुबित्त तथा बितिय शोषणविरुद्धको संघर्ष समिति नेपाल, चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल र नागरिक बचाउ महाअभियान नेपालले प्रसाईंको पक्राउविरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन गरे । प्रसाईं आइतबार भक्तपुरबाट पक्राउ परेका थिए । गत असोज २ मा जिल्ला अदालत काठमाडौंले उनलाई पक्राउ गर्न अनुमति दिएको थियो ।

यता, सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको रिटमा कारण देखाउ आदेश जारी गर्दै थुनामुक्त गर्न अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले प्रसाईंका छोरा निराजन प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

श्रीलंकाका लागि प्रस्तावित राजदूतले नाम फिर्ता लिए

काठमाडौं । श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले मंगलबार आफ्नो नाम फिर्ता लिएका छन् । भट्टराईले आफ्नो नाम फिर्ता लिएको संसदीय सुनुवाइ समिति सभापति ईश्वरी न्यौपानेले जानकारी दिइन् । संसदीय सुनुवाइ समितिले उनको स्नातक तह उत्तीर्णको प्रमाणपत्र माग गरेकामा उनले उक्त प्रमाणपत्र नदिएर राजदूतबाट नाम फिर्ता लिएका हुन् ।

प्रतिकृया दिनुहॊस