काठमाडौँ । एनआईसी एसिया क्यापिटल लिमिटेडले एनआईसी एसिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालित सामूहिक लगानी कोष योजनाहरुबाट आर्थिक वर्ष २०८०/०८१ मा रु ५०, ७५, ०५, ८५९.६१ नगद प्रतिफल वितरण गर्न सफल भएको छ ।
उक्त प्रतिफल रकम एनआईसी एसिया डाइनामिक डेप्ट फण्डको हकमा सम्बन्धित इकाईधनीहरुलाई मिति २०८१/०५/०९ गतेदेखि तथा बन्दमुखी योजानहरुको हकमा मिति २०८१/०६/०४ गतेदेखि उक्त प्रतिफल रकम सम्बन्धित इकाईधनीहरुको हितग्राही खातामा उल्लेखित बैंक तथा वित्तीय संस्थाको खातामा सोझै जम्मा/रकमान्तरण गर्न सुरु गरिएको क्यापिटलले जनाएको छ ।
आर्थिक वर्ष २०८०/०८१ मा प्रतिफल वितरण गरिएका योजनाहरूको विवरण :
क्रं.सं. | योजनाको नाम | योजनाको किसिम | घोषणा गरेको प्रतिफल दर (कर सहित) | जम्मा प्रतिफल रकम (रु) |
१ | एन आई सी एशिया सेलेक्ट–३० (इन्डेक्स फण्ड) |
बन्दमुखी | १४.००% | १७५,०००,०००.०० |
२ | एन आई सी एशिया फ्लेक्सी क्याप फण्ड | बन्दमुखी | १०.५०% | १७५,०००,०००.०० |
३ | एन आई सी एशिया डाइनामिक डेप्ट फण्ड | खुलामुखी | १०.००% | ७६,२२४,३५९.६१ |
४ | एन आई सी एशिया ग्रोथ फण्ड | बन्दमुखी | ९.५०% | ७९,३४४,०००.०० |
५ | एन आई सी एशिया व्यालेन्सड् फण्ड | बन्दमुखी | ६९,८३७,५००.०० | |
जम्मा वितरण गरिएको प्रतिफल रकम (रु.) | ५०७,५०५,८५९.६१ |
साथै विभिन्न आर्थिक वर्षहरूमा एनआईसी एसिया ग्रोथ फण्ड, एनआईसी एसिया व्यालेन्सड् फण्ड र एनआईसी एसिया डाइनामिक डेप्ट फण्डले वितरण गरिएको प्रतिफल रकम बुझिलिन बाँकी भएका इकाईधनीहरुको विवरण तथा विविध कारणवश प्रतिफल जम्मा नभएका/फिर्ता भएका इकाईधनीहरुको विवरण फिर्ता तथा जम्मा नहुनुको कारण सहित एन आई सी एसिया क्यापिटलको वेभसाईटबाट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
नियमित रूपमा प्रतिफल वितरण गर्न सफल खुलामुखी योजना ‘एन आई सी एसिया डाईनामिक डेप्ट फण्ड’ अन्तर्गत Systematic Investment Plan (SIP) tyf Systematic Withdrawal Plan (SWP) योजनाहरू समेत सञ्चालन गरिरहेको र उक्त योजनामा अनलाइन मार्फत सहज रूपमा सहभागी हुन मिल्ने व्यवस्था मिलाइएको छ ।
साथै क्यापिटलले आर्थिक वर्ष २०८०/०८१ मा क्यापिटलको शेयरधनीलाई ५२.५३ प्रतिशत नगद लाभांश अर्थात रु.१० करोड ५० लाख भन्दा बढी र सामूहिक लगानी कोष योजनाहरूको इकाईधनीहरुलाई रु.५० करोड ७५ लाख भन्दा बढी प्रतिफल गरी जम्मा रु।६१ करोड २५ लाख भन्दा बढी रकम लाभांशको रूपमा वितरण गर्न सफल भएको छ ।
प्रतिकृया दिनुहॊस