फाइल फाेटाे

बसको ठक्करबाट बाटो काटिरहेका बमको मृत्यु

कैलाली । बसको ठक्करबाट गौरीगङ्गा नगरपालिका–९ मसुरियामा सुपप्र ०१–००१ क २४६४ नम्बरको बसले ठक्कर दिँदा ८४ वर्षीय हर्कबहादुर बमको मृत्यु भएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराले जानकारी दिए ।

सोमबार साँझ सडकमा बाटो काट्ने क्रममा बमलाई बसले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । उनको धनगढीको निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । बस र चालक गौरीगङ्गा–९ का ४५ वर्षीय नारायणबहादुर भण्डारीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

छविको प्रारम्भिक बयान- म गलत संगतमा परेँ, जीबी र रवि नै जिम्मेवार छन्

काठमाडौं । सहकारी ठगी आरोपमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) छविलाल जोशीले आफू गलत संगतमा परेको बताएका छन् । उनले सोमबार प्रारम्भिक बयानमा आफू गलत संगतमा परेको बताएका हुन् ।

प्रतिकृया दिनुहॊस