News desk

११.११ अभियानको लागि ज्योति विकास बैंक र दराजबीच सम्झौता

काठमाडाैं । ज्योति विकास बैंक र नेपालको अग्रणी अनलाइन बजार दराज केयमु प्रालिबिच बैंकमा खाता रहेका ग्राहकहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ। यो योजना नोभेम्बर ११.११ (कार्तिक २५ गते, २०७९) देखि लागू हुनेछ। उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट मार्केटिङ प्रमुख बसन्त दाहाल र दराजको डिजिटल भुक्तानी र साझेदारी प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन्। ज्योति विकास बैंकमा खाता रहेका ग्राहकहरुले दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान …

पुरा पढ्नुहॊस »

सिटी एक्सप्रेसको दशैं तिहार योजनाको एक तोला सुन विजेताको नाम घोषणा

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘बिदेशबाट सिटी आयो , दशैं तिहारलाई गोल्डेन बनायो’ योजना अन्तर्गत दोस्रो महिनाको १ तोला सुन बिजेताको नाम घोषणा गरेको छ । कम्पनीले विद्दुतिय प्रणालीद्वारा विजेता छनौट गर्दा युकेबाट रेमिटान्स पठाउने नुना गुरुङले १ तोला सुन जित्न सफल भएकी छिन् । सोही योजना अन्तर्गत असोज १२ देखी कार्तिक १५ गते सम्म दोस्रो चरणको अन्य पाँच जनाले साप्ताहिक उपहार १०-१० तोला चाँदी जित्न सफल भएका छन् …

पुरा पढ्नुहॊस »

एनसीसी बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा छुट प्रदान गरिने

काठमाडाैं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एन.सी.सी बैंक) र दराज अनलाइन सपिङ बीच सम्झौता भएको छ । एन.सी.सी बैंकका ग्राहकहरुले दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको हो । सम्झौता अनुसार एन.सी.सी बैंकको डेबिट कार्ड प्रयोगर्कताहरुलाई दराज अनलाइन सपिङ गरी भुक्तानी गर्दा अधिकतम १५% वा रु २,५०० सम्मको छुट र क्रेडिट कार्ड प्रयोगर्कताहरुलाई दराज अनलाइन सपिङ गरी भुक्तानी गर्दा अधिकतम २०% वा रु ३,००० सम्मको छुट प्राप्त …

पुरा पढ्नुहॊस »

निहारिका राजपुतका छोरा र शिवराजको डीएनए मिल्यो

काठमाडौं । निहारिका सिंह राजपुतका छोरा र प्रतिवादी शिवराज श्रेष्ठको डीएनए मिलेको छ । महोत्तरी जलेश्वरकी निहारिकाका छोराको डिएनए बलात्कार आरोपी धनुषाको धनुषा क्षीरेश्वरनाथ नगरपालिका–३ का शिवराजसँग मिलेको हो । विधि विज्ञान प्रयोगशाला काठमाडौंले शुक्रबार उच्च अदालत जनकपुरलाई पठाएको डिएनए रिपोर्टमा बच्चा र शिवराजको डिएनए ९९.९९९ प्रतिशत मिलेको रिपोर्ट आएको जाहेरीवाली निहारिकाकी वकिल रिंकु यादवले जानकारी दिइन् । उच्च अदालत जनकपुरले राजपुतको छोरा र शिवराजको डीएनए परीक्षण गर्न आदेश जारी …

पुरा पढ्नुहॊस »

शाओमीले सार्वजनिक गर्यो नयाँ रेड्मी ए१ सिरिज, मूल्य कति छ ?

काठमाडाैं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाली बजारमा ए१ सिरिज सार्वजनिक गरेको छ । स्मार्टफोनका नयाँ प्रयोगकर्ताहरूलाई ध्यानमा राख्दै केटरिङ गरिएका रेड्मी ए१ र रेड्मी ए१+ ले द्रुत इन्टरनेट, स्मुथ सफ्टवेयर अनुभव र ननस्टप मनोरञ्जन प्रदान गर्छ । जसले प्रयोगकर्ताको दैनिक कार्यहरूलाई थप स्मार्ट, थप प्रभावकारी र थप सुविधाजनक बनाउने कम्पनीले बताएको छ। रेड्मीले नयाँ स्मार्टफोनको साथ स्मार्ट जीवनशैलीमा स्तर वृद्धि गर्न चाहने नयाँ प्रयोगकर्ताहरूलाई आकर्षित गर्ने लक्ष्य राखेको बताएको …

पुरा पढ्नुहॊस »

सन्दीप लामिछाने पुर्पक्षका लागि जेल चलान

काठमाडौँ । नाबालिग बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछाने पुर्पक्षका लागि कारागार चलान भएका छन् । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले लामिछानेलाई पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारा चलान गर्न आदेश दिएको हो । लामिछानेविरुद्धको मुद्दामा शुक्रबार थुनछेक बहस सकिएपछि अदालतले यस्तो आदेश दिएको हो । गत मंगलबारदेखि काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश घिमिरेको इजलासमा जारी बहस शुक्रबार सकिएको थियो ।

पुरा पढ्नुहॊस »

१०० बढी स्टार्टअप तथा इन्नोभेसनको सहभागितामा सुरू भयो स्टार्टअप एण्ड आईडिया फेस्ट

काठमाडाैं । लिभिङ विथ आइसिटीले आयोजना गरेको यार्सा ल्याब्स स्टार्टअप एण्ड आईडिया फेस्ट सुरू भएको छ । इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ इन एशोसिएसन विथ जेनेसको प्रि ईभेन्ट क्याम्पियनको रूपमा काठमाडौंको थापागाउँस्थित बानेश्वर बैंक्वटमा स्टार्टअप एण्ड आईडिया फेस्ट सुरू भएको हो । शुक्रबार बिहान आयोजित एक कार्यक्रममा ड्रोनबाट पुष्पवृष्टि गर्दै फेस्टको उद्घाटन गरिएको छ । लिभिङ विथ आइसिटीका संस्थापक तथा फेस्टका संयोजक राजन लम्सालको अध्यक्षतामा सुरू भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ हिन्दू र बौद्धमार्गीको आस्थाको धरोहर : राष्ट्रपति भण्डारी

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले यहाँको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ विश्वभरिका हिन्दू र बौद्धमार्गीको आस्थाको धरोहरका रुपमा रहेको बताएकी छन् । आज मुक्तिनाथ मन्दिर परिसरमा निर्मित भगवान् गौतम बुद्धको प्रतिमा अनावरण एवं भगवान् विष्णुको प्रतिमा शिलान्यासपछि राष्ट्रपति भण्डारीले मुक्तिनाथ क्षेत्र नेपालकै विशिष्ट धार्मिक एवं सांस्कृतिक सम्पदा रहेको उल्लेख गरिन् । उनले बुद्धको प्रतिमा अनावरण र भगवान् विष्णुको प्रतिमा शिलान्यास गर्न पाउनुलाई आफूले ऐतिहासिक अवसरका रुपमा लिएको पनि बताइन् । “मूर्ति अनावरण तथा …

पुरा पढ्नुहॊस »

‘सुखी नेपाली, समृद्ध नेपाल’ मेरो प्रस्ताव हो : घनश्याम भुसाल

काठमाडाैं । पूर्व एमाले नेता घनश्याम भुसालले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को एजेण्डा आफ्नो प्रस्तावमा ल्याइएको दावी गरेका छन् । त्रिभुज चिह्न लिएर सत्तारूढ गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका नेता भुसालले ‘सुखी नेपाली समृद्ध नेपाल’ नाराको प्रस्तावक आफू भएको बताएका हुन् । रुपन्देहीको देवदहमा मतदातासँग कुरा गर्दै नेता भुसालले लोकतान्त्रिक गठबन्धनले मात्र मुलुकलाई समृद्धिको दिशामा लैजान सक्ने दावी गरे । सो क्रममा संविधानको …

पुरा पढ्नुहॊस »

निर्वाचनपछि म प्रधानमन्त्री बन्ने सम्भावना छ : प्रचण्ड

काठमाडाैँ । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनपछि बन्ने सरकारको नेतृत्व आफूले गर्ने आकांक्षा राखेका छन् । गोरखामा आयोजित गठबन्धन दलहरुको चुनावी जनभेलालाइ सम्बोधन गर्दै उनले आगामी सरकारको नेतृत्व गर्ने सम्भावना रहेको दावी गरे । उनले भने, ‘सुरेन्द्रराज पाण्डेजी यहाँबाट जितेपछि प्रदेशसभाको सामान्य सदस्य मात्रै होइन । गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने पुरै सम्भावना छ । अर्का उम्मेदवार फणिन्द्र देवकोटा पनि मन्त्री हुने सम्भावना छ । …

पुरा पढ्नुहॊस »