News desk

मदन भण्डारी विश्वविद्यालयको ‘माष्टर प्लान’ निर्माण

काठमाडाैँ । काभ्रेपलाञ्चोकको पाँचखालमा निर्माण हुने मदन भण्डारी विश्वविद्यालयको ‘माष्टर प्लान’ निर्माण सम्पन्न भएको छ । निर्माण प्रक्रिया अघि बढाउन वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) को तयारी गरिने मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार निर्माण समितिले जनाएको छ । ‘मदन भण्डारी विश्वविद्यालय विधेयक, २०७६’ गत असार तेस्रो साता परिमार्जनसहित सङ्घीय संसद्बाट पारित भएसँगै यसको निर्माण प्रक्रियाका लागि थप बाटो खुलेको हो । यस्तै दर्ताको दुई वर्षपछि पारित विधेयकमा ‘मदन भण्डारी …

पुरा पढ्नुहॊस »

जयनगर–कुर्था रेल तीन दिन निर्धारित सिफ्टभन्दा बाहेक सञ्चालन हुने

काठमाडाैँ । जयनगर–कुर्था रेलमार्गमा यही कात्तिक २१ गतेदेखि तीन दिन यात्रुको सुविधाअनुसार निर्धारित सिफ्टभन्दा बाहेक रेल सेवा सञ्चालन गरिने भएको छ । कार्तिक पूर्णिमाको अवसरमा कमला नदीमा नुहाउन आउने तीर्थालुहरूको सुविधालाई दृष्टिगत गरी नेपाल रेल्वे कम्पनीले कात्तिक २१, २२ र २३ गते यात्रुको सुविधाअनुसार अनटाइम्ली रेल सेवा सञ्चालन गरिने जनाएको छ । नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाले सूचना जारी गरी कार्तिक पूर्णिमाको अवसरमा कमला नदीमा नुहाउन आउने तीर्थालुहरूको सुविधालाई …

पुरा पढ्नुहॊस »

तनहुँ-१ मा रामचन्द्र पौडेल कि एकबहादुर राना ? यस्तो छ अंकगणित

काठमाडौँ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा तनहुँमा पार्टीका आधिकारिक उम्मेदवारलाई स्वतन्त्रले चुनौती थपेका छन् । तनहुँ १ मा वाम-लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार कांग्रेस नेता रामचन्द्र पौडेल अंकगणितमा अघि देखिए पनि उनको जितमा स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशी र एमाले उम्मेदावार एकबहादुर राना मुख्य चुनौती भएका छन् । उसो त यो क्षेत्रमा पौडेल, जोशी र रानासहित १५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । समाजवादी पार्टीका पासाङ थापामगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका विनोदकुमार घर्ती, …

पुरा पढ्नुहॊस »

उत्तर कोरियाले फेरि गर्‍यो ब्यालिस्टिक मिसाइल प्रहार

एजेन्सी । उत्तर कोरियाले शनिबार समुद्रमा चार छोटो दुरीका ब्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । उत्तर कोरियाको प्रक्षेपणको लहरमा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल र सन् १९५३ मा कोरियाली युद्धको अन्त्यपछि पहिलो पटक दक्षिण कोरियाको क्षेत्रीय जलक्षेत्रमा खसेको एउटा मिसाइल समावेश छ । संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य अभ्यास गरिरहेका बेला यो प्रक्षेपण भएको हो । अमेरिका र दक्षिण कोरियाको संयुक्त सेना अभ्यासबाट क्रुद्ध …

पुरा पढ्नुहॊस »

गृहमन्त्रीको दाबी- चुनावपछि सातै प्रदेशमा गठबन्धन सरकार

काठमाडाैँ । गृहमन्त्री बालकृष्ण खाँणले मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि सातै प्रदेशमा गठबन्धन सरकार बन्ने दाबी गरेका छन् । नेकपा (माओवादी केन्द्र)ले भैरहवामा आयोजना गरेको बृहत् कार्यकर्ता भेलामा रुपन्देही क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका खाँणले देश विकासका लागि सङ्घसहित सातै प्रदेशमा पाँचदलीय गठबन्धनले सरकार बनाउने बताए । गृहमन्त्री खाँणले लामो सङ्घर्षपश्चात् प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई थप मजबुत बनाउँदै नागरिकको अवस्था परिवर्तन गर्न पाँचदलीय गठबन्धन …

पुरा पढ्नुहॊस »

राजश्व आम्दानी र विकास खर्च न्यून, चालू खर्च अधिक

काठमाडाैँ । आर्थिक वर्षाको साढे तीन महिना बितिसक्दासमेत सरकारले चालू खर्च धान्न सक्ने गरी राजश्व उठाउन सकेको छैन । चालू आर्थिक वर्षको पहिलो त्रैमासिक पूरा भएर १८ दिन नाघिसक्दा पनि सरकारले राजश्व लयमा ल्याउन नसकेको हो । सरकारले १८ कात्तिक शुक्रबारसम्म २ खर्ब २८ अर्ब २ करोड २९ लाखमात्र राजश्व उठाउन सकेको छ । यो अवधिमा ३ खर्ब ९ अर्ब ३८ लाख ५६ हजार रुपिया खर्च भइसकेको छ । आन्तरिक …

पुरा पढ्नुहॊस »

राष्ट्रपति भण्डारीलाई यस वर्षको ट्रेलब्लाजर अवार्ड दिइने

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको डब्लूपीएल ट्रेलब्लाजर अवार्ड पाउने भएकी छन् । प्रतिष्ठित महिला राजनीतिक नेत्रीहरूका लागि दिइने यो अवार्ड विश्वका प्रमुख महिला राजनीतिज्ञहरूको उपलब्धिको कदर गर्दै वर्तमान महिला राष्ट्रपति, पूर्वमहिला राष्ट्रपति तथा महिला प्रधानमन्त्रीहरूलाई हरेक वर्ष प्रदान गरिन्छ । दक्षिण एसियाली मुलुक नेपालमा राष्ट्रपतिजस्तो उच्च पदमा आसीन रहेर नेपाल र विश्वकै महिलाको गरिमा बढाएको ठहर गर्दै राष्ट्रपति भण्डारीलाई सो सम्मान दिन लागिएको हो । आइसल्यान्डको रेक्जाभिकमा आयोजना …

पुरा पढ्नुहॊस »

२ अर्ब रुपैयाँको हतियार किन्दै सेना

काठमाडाैँ । नेपाली सेनाले २ अर्ब रुपैयाँको हतियार खरिद प्रक्रिया अघि बढाएको छ। सेनाले अमेरिकाबाट कोल्ट कमान्डो सिरिजको हतियार ल्याउने प्रक्रिया अघि बढाएको स्रोतको दाबी छ। यसअघि नेपाल प्रहरीले १ अर्ब ३५ करोड रुपैयाँको हातहतियार खरिद गर्न लागेको थियो। त्यसमध्ये ८४ करोड रुपैयाँको हतियार खरिद प्रक्रिया अघि बढेको भए पनि विरोध भएपछि रोकियो । नेपाली सेनालाई भने सरकारले २ अर्ब रुपैयाँबराबरको हतियार खरिद गर्न स्वीकृति दिएपछि नेपाल ल्याउने तयारी भएको …

पुरा पढ्नुहॊस »

आवेदन मितिका आधारमा कोरोना बीमाको भुक्तानी

काठमाडाैँ । बीमा कम्पनीहरूले कोरोना बीमाबापतको दाबी भुक्तानी बीमितले दिएको आवेदन मितिका आधारमा दिने भएका छन् । सरकारले निकासा गरेको १ अर्ब रुपैयाँमा बीमाक्षेत्रबाट ८१ करोड थप गरी १ अर्ब ८१ करोड रुपैयाँ भुक्तानीका लागि बीमा समितिले आवेदन मितिलाई आधार बनाउन निर्देशन दिएको हो । ‘कम्पनीहरूमा पेश भएको दाबी मितिको आधारमा भुक्तानी गर्न निर्देशन दिएका छौं,’ समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले भने, ‘सरकारबाट थप रकम निकासा भएपछि त्यसकै आधारमा क्रमश: भुक्तानी …

पुरा पढ्नुहॊस »

इमरान खानको प्रेस सम्मेलनको प्रशारण प्रतिबन्ध हटाइने

एजेन्सी । पाकिस्तान सरकारले पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी एण्ड अथारिटी (पीइएमआरए) लाई पीटीआई अध्यक्ष इमरान खानको प्रेस सम्मेलनको प्रशारण वा पुनः प्रशारणमा च्यानलहरूमाथि लगाइएको प्रतिबन्ध हटाउन निर्देशन दिएको छ । सूचना मन्त्री मरियम औरंगजेबको कथनलाई उद्धृत गर्दै डनका अनुसार प्रधानमन्त्री सहबाज सरिफले संविधानको धारा १९ (वाक स्वतन्त्रता) अन्तर्गत कानुनी आवश्यकताहरूको निरन्तर कार्यान्वयन सुनिश्चित गर्न मिडिया वाचडगलाई आदेश दिएका छन् । विज्ञप्तिमा भनिएको छ कि प्रतिबन्ध हटाउने निर्देशन पीइएमआरए अध्यादेश सन् …

पुरा पढ्नुहॊस »