नेपालगन्ज जाँदै गरेको बस पट्टा भाँच्चिँदा पल्टियो, २० जना घाइते

काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको यात्रुवाहक बस दुर्घटना हुँदा २० जना यात्रु घाइते भएका छन् । मनहरी गाउँपालिका-९ ज्यामिरे सडकखण्डमा शुक्रबार बिहान काँकडभिट्टाबाट नेपालगन्ज जाँदै गरेको ना.५ ख ५५१५ नम्बरको बस दुर्घटनामा परेको हो ।

घाइते ११ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ भने जना घाइतेलाई थप उपचारका निम्ति चितवनतर्फ लगिएको जिल्ला प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए । अगाडिको पट्टा भाँच्चिँदा बस अनियन्त्रित भएर नालीमा कोल्टो परेको थियो ।

बस नालीमा कोल्टो पर्दा यात्रु घाइते भएका हुन् । घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री