मञ्जुश्री फाइनान्सले ६ प्रतिशत बोनस दिँदै

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले ६ प्रतिशत बोनस सेयर दिने वताएकाे छ । याे फाइनान्सले कर प्रयोजनको लागि ०.३२ प्रतिशत (अर्थात ४ करोड ३४ लाख रुपैयाँ) नगद लाभांश दिने प्रस्ताव गरेको जानकारी दिएकाे छ । साे प्रस्ताव हालै सम्पन्न संस्थाको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ ।

उक्त फाइनान्सले हाल कायम रहेको चुक्ता पुँजीमा बोनस वितरण गर्न लागेको हो । हाल संस्थाको चुक्ता पुँजी ७२ करोड ४३ लाख रुपैयाँ रहेको छ । ६ प्रतिशत बोनस पश्चात फाइनान्सको पुँजी ७६ करोड रुपैयाँ नाघ्ने छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री