लाेवर इखुवाखोला जलविद्युत आगामी कात्तिकबाट निर्माणमा जाने

काठमाडाै । लाेवर इखुवाखोला जलविद्युत आयोजना आउँदाे कात्तिकबाट निर्माणमा जाने भएको छ । भोजपुरको इखुवाखोलामा बन्ने आयोजनाको आवश्यक लगानी जुटाएर काम सुरु गर्न लागिएको कम्पनीले वताएकाे छ। अहिले आयोजना स्थलमा पहुँचमार्ग पुर्याउने काम धमाधम  भइरहेको लोवर इखुवाखोला हाइड्रो पावर कम्पनीका अध्यक्ष कुमार पाण्डेले जानकारि दिएका छन् ।  पाण्डेका अनुसार आयोजनाका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणको काम पूरा भइसकेकाे छ ।

कम्पनीका अनुसार विद्युत विकास विभागबाट १४.१५ मेगावाटमा निर्माण गर्ने अनुमति लिएपनि आयोजनाले पूर्ण उत्पादन दिन नसक्ने देखिएपछि १३ मेगावाट क्षमतामा अघि बढाउन लागिएको छ । नेपाल विद्युत प्राधिकरण र कम्पनीबीच विद्युत खरिद सम्झौता (पिपिए) सम्पन्न भएको छ । प्राधिकरणले हिउँदको ६ महिना ८.४० रुपैयाँ र वर्षा यामको ६ महिना ४.८० रुपैयाँमा आयोजनाको विद्युत खरिद गर्नेछ ।

अबको ५ महिनामा निर्माण सुरु हुने आयोजना २०७९ साल साउनभित्र सम्पन्न गर्न लक्ष्य रहेकाे वताइएकाे  छ । २ अर्ब २५ करोड लागत अनुमान गरिएको आयोजनामा १ अर्ब ६० करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाको ऋण लगानी रहने छ । लोवर इखुवाखोला नेशनल हाइड्रोको सहायक कम्पनी हो । आयोजनाले वार्षिक ८ करोड युनिट विद्युत उत्पादन गर्नेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री